बैंक, बीमा तथा वित्तिय क्षेत्र कर्मचारी संघ गण्डकीमा पुनः घिमिरे


     एभरेस्ट आवाज    
     असाेज १३ गते २०८० मा प्रकाशित




असोज १३ पोखरा । बैंक, बीमा तथा वित्तिय क्षेत्र कर्मचरी संघ नेपाल गण्डकी प्रदेशको अध्यक्षमा पुनः मेषराज घिमिरे चयन भएका छन् ।

संघको शनिबार पोखरामा सम्पन्न गण्डकी प्रदेशस्तरिय अधिवेशनले घिमिरेलाई अध्यक्षमा पुनः दोहोर्‍याउँदै १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । घिमिरे कृषि विकास बैंकमा आवद्ध छन् । अधिवेशनले गण्डकी प्रदेश अन्र्तगतका ११ वटै जिल्लामा जिल्ला कार्य समिति समेत गठन गरेको संघले जनाएको छ ।

कार्यक्रममा बोल्दै संघ गण्डकी प्रदेश अध्यक्ष घिमिरेले संगठनलाई गतिशिल एवं समय सापेक्ष रुपमा पेशागत हकहितको संरक्षण गर्दै थप योजनावद्ध तरिकाले कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरे ।

यसअघि, अधिवेशनको नेकपा (एमाले) संसदीय दलका नेता एवं गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गरेका थिए । उनले वित्तिय क्षेत्रमा देखिएका विकृती न्यूनिकरण गर्न कर्मचारीको भूमिका महत्वपूर्ण हुने बताए ।अधिकारीले कर्मचारीहरुलाई आफ्नो हक हितको रक्षासँग संगै संस्था एवं देश निर्माणमा लाग्न आग्रह गरे ।

बैंक, बीमा तथा वित्तिय क्षेत्र कर्मचरी संघ नेपालका संयोजक मेषराज घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका केन्द्रिय अध्यक्ष धर्मराज मैनाली, राष्ट्रिय बाणिज्य बैंकका केन्द्रिय अध्यक्ष लक्ष्मी पाण्डे लगायत विभिन्न बैंक, बीमा तथा वित्तिय क्षेत्र कर्मचारीको ठूलो संख्यामा उपस्थिति रहेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।