इन्धनको मूल्य बृद्धि : खाना पकाउने ग्यासको मूल्य २११० पुग्यो

- खाना पकाउने ग्यासमा प्रति सिलिण्डर दुई सय १५, पेट्रोलमा प्रतिलिटर रु दुई, डिजेल र मट्टितेलमा प्रतिलिटर रु छ रुपैयाँ बृद्धि


     एभरेस्ट आवाज    
     असाेज १३ गते २०८० मा प्रकाशित




असोज १३ पोखरा । नेपाल आयल निगमले इन्धनको मूल्य बृद्धि गरेको छ । शनिबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले खाना पकाउने ग्यासको मूल्य प्रति सिलिण्डरमा रु दुई सय १५, पेट्रोलमा प्रतिलिटर रु दुई, डिजेल र मट्टितेलमा प्रतिलिटर रु छ रुपैयाँ बढाउने निर्णय गरेको हो ।

त्यस्तै हवाई इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर रु आठ बढाइएको निगमले जनाएको छ । बढेको मूल्य आज राति १२ः०० बजेपछि लागू हुनेछ ।

यो बृद्धिसँगै निगमले खाना पकाउने ग्यासको प्रति सिलिण्डर दुई हजार एक सय १० रुपैयाँ पु¥याएको छ ।

यस्तै पेट्रोलको मूल्य प्रति लिटर एक सय ८५ पुगेको छ । त्यसैगरी डिजेल तथा मट्टितेलको १७९ रुपैयाँ पुगेको छ ।

आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर रु एक सय ४४ र अन्तर्राष्ट्रियको मूल्य एक दशमलव ०९५ अमेरिकी डलर कायम भएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।