पोखराको न्यूरोडमा प्रख्यात कपडा ब्रान्ड ‘क्यान्टाबिल’ को शोरूम खुल्ने


     एभरेस्ट आवाज    
     असाेज १८ गते २०८० मा प्रकाशित




पोखरा, १८ असोज ।
भारतको प्रख्यात कपडा ब्रान्ड ‘क्यान्टाबिल‘को एक्सक्लुशिभ स्टोर ९शोरूम० पोखरामा खुल्ने भएको छ। पोखरा तथा आसपासका क्षेत्रका फेशन पारखीहरूलाइ लक्षित गरेर पोखराको न्यूरोडमा उक्त शोरुम खोल्न लागिएको हो । शोरुम यहि असोज २८ गते घटस्थापनाका दिनदेखि सञ्चालनमा आउने क्यान्टाबिल ब्राण्डका लागि पोखराको आधिकारिक युज इन्टरनेशनलका प्रबन्धक निरोज गौतमले जानकारी दिए ।

क्यान्टाबिल ब्राण्डले पोखराका ग्राहकलाइ एक अविस्मरणीय किनमेलको अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ । शोरूम उद्घाटनको अवसरमा क्यान्टाबिलले पोखराका आफ्ना ग्राहकहरुका लागि विशेष छुट अफर प्रदान गर्ने भएको छ ।

क्यान्टाबिलमा पुरुष, महिला र बालबालिकाहरूका लागि उच्च गुणस्तरीय समकालीन डिजाइनहरूको पोशाक पाइनेछ। औपचारिक तथा अनौपचारिक पहिरन, जातीय पहिरन, र सामानहरू सहित कपडा विकल्पहरूको विस्तृत श्रृंखलाको साथ क्यान्टाबिलले फेशनेबल र किफायती फेशन खोज्ने ब्यक्तिका लागि क्यान्टाबिल राम्रो गन्तब्य हुने कम्पनीले बिश्वास लिएको छ ।

पोखराको न्युरोडमा फराकिलो क्षेत्रमा फैलिएको सो स्टोर ग्राहकहरूको लागि समग्र किनमेल अनुभवको अनुभुति झल्कने किसिमले डिजाइन गरिएको छ।

स्टोरले क्यान्टाबिलको समकालीन डिजाइनहरू, जीवन्त रङहरू र प्रिमियम कपडाहरू, स्टाइलिश सूट, दैनिक पहिरनका लागि आधुनिक क्याजुअल पहिरन, वा सांस्कृतिक चाडपर्वहरूको लागि परम्परागत पोशाकहरू कभर गरेको बताएको छ। ग्राहकमैत्री कर्मचारीहरूद्वारा असाधारण ग्राहक सेवा प्रदान गर्न स्टोर प्रतिबद्ध रहने प्रबन्धक निरोज गौतमले बताएका छन ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।