सहारा क्लब हङकङले दियो १२ जनालाई आजीवन सदस्यता


     एभरेस्ट आवाज    
     असाेज १८ गते २०८० मा प्रकाशित




पोखरा । सहारा क्लब हङकङले १२ जनालाई आजीवन सदस्यता दिएको छ । संस्थाको सोमबार सम्पन्न ११ औं वार्षिक कार्यक्रममा उनीहरुको योगदानको कदर गर्दै आजीवन सदस्यता प्रदान गरेको हो ।

जसमा कास्कीको अर्मलाकोटका भीमबहादुर गुरुङ, अर्मला का सुरज गुरुङ, रिभानका विकास गुरुङ, सावेतका अमृत गुरुङ, याङ्जाकोटका दुतराज गुरुङ छन् । यस्तै, कास्कीकै रेनु केसी, दिलबहादुर गुरुङ, डु गुरुङ, राजकुमार सापकोटा छन् ।

साथै, गोरखाका रोशन आलेमगर, सानु गुरुङ, पर्वतका अनिल गुरुङलाई पनि आजीवन सदस्यता दिइएको सहारा क्लब हङकङ अध्यक्ष दीपक गुरुङले बताए । उनीहरुलाई खादा लगाई स्वागत सम्मान गरिएको थियो ।

याक एण्ड यती रेष्टुरेन्टमा अध्यक्ष दीपक गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका पूर्व सल्लाहकार तथा आजीवन सदस्य मीनबहादुर गुरुङ, प्रमुख सल्लाहकार दुर्गाबहादुर गुरुङ ९एनडी० लगायतले सामाजिक सेवामा सक्रिय सहारा क्लब हङकङलाई अझ सफलताको शुभकामना दिए ।

संस्थाका उपाध्यक्ष सरोज गुरुङ ९खम० ले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको संचालन महासचिव कुमार गुरुङले गरेका थिए ।

सहारा क्लब पोखराको हङकङमा झैं सहारा क्लब युके र अष्ट्रेलियामा पनि शाखा विस्तारित छन् । फुटबलमार्फत सामाजिक सेवामा क्रियाशील सहारा क्लब पोखराले गत भदौ ३० मा स्थापनाको रजत जयन्ती मनाएको छ ।

क्लबले पोखराको दोबिल्लामा संचालन गरेको सहारा फुटबल एकेडेमीमा विपन्न तथा कठिन परिस्थितिका बालकहरुले निःशुल्क आवासीय सुविधासहित पढ्न र फुटबल सिक्न पाएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।