पोखरामा दशैको अवसरमा खसीबोका प्रर्दशनी हुने


     एभरेस्ट आवाज    
     असाेज २८ गते २०८० मा प्रकाशित




पोखरा । बिजया दशमीको अबसर पारेर पोखरामा तेश्रो खसीबोका प्रदर्शनी गरिने भएको छ । पोखरा महानगरपालिकाले खसीबोका प्रदर्शनी गर्ने भएको हो । पोखरा महानगरपाालिका वडा नं २८, सौर्यबजारमा आयोजना हुने खसीबोकाको प्रर्दशनीको तयारी भैरहेको वडा नं २८ का अध्यक्ष श्रीकृष्ण लामिछानेले जानकारी दिए ।

वडा र आसपासमा किसानले पालेका खसिबोकाको उचित मुल्य तथा पशुपालनलाई प्रवद्र्धन र किसानलाई प्रोत्साहनको लागि प्रर्दशनी आयोजना गर्न लागिएको पोखरा महानगरपालिका पशुसेवा शाखाका प्रमुख नवराज अधिकारीले बताए। उत्पादनमा आधारित पशुपालनलाई पवद्र्धन गर्दे स्थानी उत्पादनलाई प्रयोग गर्ने बानीको विकास गर्नका लागि प्रदर्शनी आयोजना गरिएको उनको भनाई छ ।

असोज ३० गते मंगलबार आयोजना हुने प्रदर्शनीको स्थानीय ब्यवस्थापन पोखरा महानगरपालिका वडानं २८ ले गरेको छ भने मिडिया पार्टनरमा पोखरा टेलिभिजन एण्ड मिडिया प्रालिले रहेको छ । त्यसैगरि प्रदर्शनीको बिषेश सहयोगीमा पशुुपंक्षी तथा मत्स्य विकास निर्देशनालय गण्डकी प्रदेश पोखरा ,भेटेरिनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्र कास्की ,ब्यवसायिक बाख्रा पालन समिति पोखरा २८ रहेका छन ।

पशुपालकले आफुले पालेका खसी बोका प्रदर्शनीमा निःशुल्क राख्न पाउने ब्यबस्था मिलाइएको छ भने खसी बोका खरिद बिक्रीका लागि सहजिकरणका प्रयासहरु पनि भएको आयोजकले जनाएको छ ।

प्रदर्शनीमा एकै घर बाट धैरै खसी बोका ल्याउने र सवै भन्दा ठुला खसी बोका ल्याउने किसानलाई पुुरस्कार समेत रहेको आयोजकले जनाएको छ । प्रर्दशनीमा एक सय भन्दा बढि खसी बोका हुने आयोजकले अपेक्षा गरेको छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।