पोखरा । राष्ट्रिय कृषि गणना २०७८ को गण्डकी प्रदेशस्तरीय नतिजा सार्बजनिक गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालय काठमाण्डौद्वारा पोखरामा बुधवार आयोजित कार्यक्रममा राष्ट्रिय र प्रदेशस्तरीय नतिजा सार्बजनिक गरिएको हो ।
प्रमुख अतिथि कृषि बिकास निर्देशनालय गण्डकी प्रदेशका महानिर्देशक बासुदेव रेग्मीले तथ्यांकप्रति प्रश्न उठाउदै डाटा तथ्यगत, व्यवहारिक र बिश्वासिलो हुनु पर्नेमा जोड दिए। उनले गणनाकालागि बजेट बढाएरै भए पनि बहु संख्यक कृषक परिवारमा पुग्नु पर्ने सुझाब दिए । रेग्मीले तर पनि प्राप्त डाटालाई आधार मानि योजना बनाउनु पर्ने बताए ।
कार्यक्रममा राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक बद्रिकुमार कार्कीले गण्डकी प्रदेशस्तरीय कृषि गणना प्रस्तुत गरेका थिए । कार्कीका अनुसार गण्डकी प्रदेशमा ४ लाख १२ हजार ६७७ कृषक परिवारले १ लाख ७३ हजार हेक्टर र कास्की जिल्लामाम५३ हजार २ सय २८ कृषक परिवारले १९ हजार १ सय ६४ हेक्टरमा कृषि कार्य गरेको बताए । कृषि गणना २०७८ अनुसार नेपालमा ६२ % कृषक परिवार छन् जब कि २०६८ मा ७१ % रहेका थिए ।
योजना अनुगमन महाशाखा निर्देशक भानुभक्त भट्टराईले सार्बजनिक डाटाले अलि कन्फ्यूज बनाएको जिकिर गरे । भट्टराईले गण्डकी प्रदेशमा कृषि डाटामा गुनासो र चुनौति रहेको बताउदै गण्डकीमा अध्याबधिक गर्न लागि परेको बताए । तथ्यांक कार्यालय गण्डकी प्रदेश कार्यालय प्रमुख जग्गुलाल बस्यालले कार्यक्रममा स्वागत गर्दै गणनामा कृषक परिवार बढेको तर क्षेत्रफल घटेको तथ्यांक देखिएको बताए ।
राष्ट्रिय तथ्यांक कार्यालय काठमाण्डौका उप प्रमुख
डा हेमराज रेग्मीले कार्यक्रममा उठेका जिज्ञासाहरुको जवाफ दिदै सुझावलाई आगामि दिनमा सुधार गर्ने बताए । रेग्मीले यस पटक पालिका स्तरसम्मको तथ्यांक तयार पार्न सफल भएको जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







