पोखरा । कास्कीका १५ विद्यालयका प्रारम्भिक बालविकास केन्द्रको व्यवस्थापनमा फर्निचर, खेलकूद तथा शैक्षिक सामग्री सहयोग भएको छ ।
गुड नेवर्स ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा नौलो घुम्ती नेपालद्वारा संचालित एकीकृत सामुदायिक विकास परियोजनामार्फत विभिन्न पालिकाका १५ बालविकास केन्द्रलाई उक्त सहयोग प्रदान गरिएको छ ।
संस्थाले प्रारम्भिक बालविकासमा लगानी, दिगो राष्ट्रको मूल मर्मलाई मध्यनजर गर्दै बालमैत्री कक्षाकोठा व्यवस्थापन, सामग्री व्यवस्थापन, स्थानीय सामग्री निर्माण तथा प्रयोग जस्ता गतिविधि संस्थाले वार्षिक रुपमा सञ्चालन गर्दै आएको परियोजना अधिकृत महेश विश्वकर्माले बताए ।
सहयोग प्राप्त गर्ने श्री दीपेन्द्र आधारभूत विद्यालय मादी १०, कयरेका प्रधानाध्यापक गीता गुरुङ, श्री हिमालय मा.वि. मादी ९ गोर्जेका प्रधानाध्यापक चन्द्रमणि अधिकारीले विद्यालयमा रहेको बालविकास केन्द्रमा पहिला पनि गाउँपालिका तथा अन्य संस्थाबाट सहयोग भए तापनि विद्यालय मातहतको हिमालय बालविकास केन्द्रमा यो सहयोगले वडाभित्रका डाँडाथोक, खानेपानी, बनपालेबाट केन्द्रमा बालबालिका प्रत्यक्ष लाभान्वित हुने जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







