सुनको भाउ अहिलेसम्मकै महँगो, आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस


     एभरेस्ट आवाज    
     कार्तिक ३ गते २०८० मा प्रकाशित




सुनको भाउ अहिलेसम्मकै महँगो भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज तोलामा १ लाख १५ हजार ५ सय रुपैयाँमा पुगेको छ ।

आज सुनको भाउ तोलामा १ हजार ८ सय रुपैयाँले बढेको हो । यसअघि हिजो सुनको भाउ तोलाको १ लाख १३ हजार ७ सय रुपैयाँ पुगेको थियो । यो रेकर्ड पनि तोड्दै आज सुनको भाउ एक लाख १५ हजार ५ सय रुपैयाँ पुगेको हो ।अन्तर्राष्ट्रिय बजारमा सुनको कारोबार अस्थिर बनेको छ । यसले भाउ अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

यसैगरि , आज चाँदीको भाउ पनि बढेको छ । तोलामा ५ रुपैयाँले बढेर चाँदी आज १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।