जनवादी गणतन्त्र चीन भ्रमणका क्रममा हृदयाघात भएपछि उपचाररत उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन । उनी बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज हस्पिलटमा पाँच दिनको उपचारपश्चात डिस्चार्ज भएका हुन ।
तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बिएफआ) मा सहभागी हुन बेइजिङ पुगेका बेला उपप्रधानमन्त्री श्रेष्ठलाई यही कात्तिक १ गते हृदयाघात भएको थियो । उनको छातीमा ‘स्टेन्ट’ राखिएको छ ।
अस्पतालबाट डिस्चार्ज हुने क्रममाउपप्रधानमन्त्री श्रेष्ठले आफ्नो उपचारमा संलग्न चिकित्सक, अस्पताल परिवार र बेइजिङस्थित नेपाली दूतावासप्रति आभार प्रकट गरे । उनले आफ्नो स्वास्थ्यवस्थाप्रति चासो, चिन्ता र शुभेच्छा राख्ने सबैप्रति आभार व्यक्त गरेका छन ।
उपप्रधानमन्त्री श्रेष्ठ यही कात्तिक ८ गते बिहान स्वदेश फर्कने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


प्रिमियम मोटरसाइकल ब्रान्ड सीएफमोटोले पोखराको बिक्री, सर्भिस र स्पेयर पार्ट्ससहितको ३एस आउटलेट…







