कार्तिक १२ पोखरा । कृषकले उत्पादन गरेका कृषि उत्पादनको बजारीकरणमा आवश्यक सहयोग उपलव्ध गराउने पोखरा–१३ का अध्यक्ष किरण बरालले प्रतिवद्धता व्यक्त गरेका छन् ।
आर्दश अर्गानिक कृषक समूह पोखरा–१३ को नवौं साधरण सभाको शनिबार उद्घाटन गर्दै वडाध्यक्ष बरालले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।
उनले कृषकले उत्पादनमा जोड दिनुपर्ने बताउँदै वडाबाट कृषकलाई आवश्यक सहयोग उपलब्ध गराउने बताए । उनले भने, “तपाईंहरु उत्पादनमात्र गर्नु होस्, बिक्री वितरणको जिम्मा म लिन्छु । कृषि उत्पादनलाई हाट बजार सञ्चालन गरेर बजारको ग्यारेन्टी गर्ने जिम्मा वडाको भयो ।’
उनले किसानको उत्पादनलाई खेर जान नदिने गरि अब प्रत्येक शनिबार वडा भित्रै किसान र उपभोक्ता विच खरिद विक्रि गर्ने हाट बजार सञ्चालन गरिने जानकारी गराए ।
कृषक समुहका अध्यक्ष शिवप्रसाद बरालको अध्यक्ष्यतामा भएको कार्यक्रममा समूहका संस्थापक अध्यक्ष कृष्णप्रसाद सिग्देल, मोहरपारपानी आदर्श टोल विकास संस्थाका अध्यक्ष श्रीराम सिग्देल,जागरण आमा समुहकी अध्यक्ष लक्ष्मीदेवी देबकोटा, नागेश्वर महादेव मन्दिर विकास समितीका अध्यक्ष बिष्णुप्रसाद बराल, सहेले सान्तेडाँडा सालघारी सामुदायिक वन उपभोक्ता समितीका अध्यक्ष कृष्णप्रसाद बराल, समाजसेवी सुरेन्द्रप्रसाद बराल, समुहकी उपाध्यक्ष सिता सिग्देल लगायतले कृषक र कृषि उत्पादनलाई जोड दिनु पर्नेमा जोड दिए ।
साधरण सभाले समुहका अध्यक्ष शिवप्रसाद बराल र कोषाध्यक्ष श्रीराम बरालद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन पारित गरेको सचिव राजन सिग्देलले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







