पोखरा । फ्याफुल्ला विकल्प महिला बचत तथा ऋण सहकारी संस्थाको १२ औँ वार्षिक साधारण तथा वार्षिकोत्सव सम्पन्न भएको छ । संगमटोल–१३ पोखरामा रहेको सहकारीको उक्त कार्यक्रम बुधबार सम्पन्न भएको हो ।

दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. १३ का अध्यक्ष किरण बरालले यस सहकारी अरु सहकारी भन्दा पृथक रहेको र हरेक दृष्टिकोणबाट सुरक्षित रहेको दावी गरे ।
उनले सहकारीसँग आर्थिक कारोबारमा सहकार्य गर्दा कुनै दुविधा मान्नु नपर्ने, आगामि दिनमा यस सहकारीले गर्ने आर्थिक कारोबार साथै महिला हितका हरेक कदममा वडाको तर्फबाट साथ र सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गरे। साथै उत्पादनमुलक क्षेत्रमा लगानी गरेर अगाडि बढ्न शेयर सदस्यहरुलाई प्रत्साहन गर्नुपर्नेमा उनले जोड दिए।
सोही अवसरमा संस्थाका सचिव पवित्रा तामाङले वार्षिक कार्य प्रगति विवरण, कोषाध्यक्ष बुद्धिमाया तामाङले आर्थिक प्रतिवेदन साथै लेखा समिति संयोजक मिनमाया तामाङले आन्तिरिक मुल्याङकन तथा लेखा प्रतिवेदन प्रस्तुत थिए भने उक्त प्रतिवेदनलाई भेलाले पारित गरिएको थियो ।
कार्यक्रममा कुम बहादुर तामाङ, टेक बहादुर तामाङ, सुचिता तामाङ, ज्योति थिङ, दिपक तामाङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। शेयर सदस्यको तर्फबाट मिरा श्रेष्ठले आफ्नो अनुभव व्यक्त गरे।
साथै कार्यक्रममा उत्कृष्ट बाल बचतका प्रथम, दित्तिय र तृतिय क्रमश: समृद्धि गुरुङ, सक्षम तामाङ र यथ तामाङ, असल व्यवसायी नरमाया तामाङ, उत्कृष्ट ऐच्छिक बचतकर्ता रस माया तामाङ र निरा कुमारी राना त्यसैगरी उत्कृष्ट मुद्धती बचतकर्ता निल कुमारी गुरुङ र विष्णु लामालाई प्रोत्साहन स्वरुप सम्मान गरिएको थियो ।
शेयर सदस्य संगिता गुरुङ र बिनु गुरुङको स्वागत नृत्य, उपाध्यक्ष शान्ति तामाङको स्वागत मन्तव्य र सचिव पवित्रा तामाङको संचालन रहेको कार्यक्रम संस्थाको भावी कार्ययोजना सहित विष्णु तामाङको अध्यक्षतामा सम्पन्न गरिएको थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







