फाइल तस्विर
पुस ४ पोखरा । प्रहरीले पोखराबाट अवैध नदीजन्य पदार्थ चोरी निकासी गरेको आरोपमा ५ वटा टिप्परहरु नियन्त्रणमा लिएको छ ।
बुधबार बिहान अन्नपूर्ण संरक्षण क्षेत्रबाट नदीजन्य पदार्थ चोरी निकासी गरि अवैध रुपमा पोखरातर्फ ल्याउँदै गरेका ५ वटा टिप्परलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको हो ।
अन्नपूर्ण संरक्षण क्षेत्रबाट अवैध रुपमा ढुङ्गा, गिट्टी, बालुवा चोरी निकासी गरि पोखरा ल्याइँदै छ भन्ने गोप्य सुचनाको आधारमा खटिएको प्रहरी टोलीले ५ वटा टिप्परलाई पोखरा–१९ चितेपानीबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
प्रहरीले ग १ ख १७८, ग १ क १५१४ , ग २ ख ७७, ग १ ख ८४२९ र ग १ ख ५८६७ नम्वरका ट्रिपरहरुलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान एंव कारवाहीको लागी अन्नपूर्ण संरक्षण क्षेत्र सम्पर्क कार्यालय पोखरामा पठाइएको जनाइएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







