पुस ८ पोखरा । ट्रेकिङ एजेन्सीज् एशोसिएसन अफ नेपाल टान गण्डकीले पदयात्रा सहयोगी तुल बहादुर गुरुङको परिवारलाई मृत्यु दावी बीमाको रकम हस्तान्त्रण गरेको छ ।
आइतबार टान गण्डकीले गत भदौ ३० गते कास्कीको अन्नपूर्ण गाउँपालिका–११ छोमरोङमा एक कोरियन नागरिकको पदयात्रा सहयोगीका रुपमा जाने क्रममा ज्यान गुमाएका गुरुङको परिवारलाई १० लाख रुपैयाँ बीमा दावी रकम हस्तान्त्रण गरेको हो ।
इस्टर्न लाईट ट्रेक्स एण्ड एक्सपेडिसन प्रा.लि.बाट गत भदौ ३० देखि एक कोरियन नागरिकलाई लिएर ट्रेकिङमा निस्केका उनी सोही दिन अन्नपूर्ण गाउँपालिका–११ छोमरोङमा अचानक लडेर अचेत भएका उनलाई उद्दार गरि पश्चिमाञ्चाल क्षेत्रिय अस्पताल पोखरा ल्याइएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







