लेखनाथ महोत्सव : एकैदिन ४० हजारले गरे अवलोकन


     एभरेस्ट आवाज    
     पौष ११ गते २०८० मा प्रकाशित




पुस ११ पोखरा । गत पुस ५ गतेदेखि जारी १९ औं संस्करणको लेखनाथ महोत्सवमा बुधबार एकै दिन करिव २० हजार दर्शकहरुले मेलाको अवलोकन गरेका छन् ।

पुस १६ गतेसम्म सञ्चालन हुने महोत्सव आज छैटौं दिनसम्ममा २ लाख १५ हजार दर्शकले अवलोकन गरेको संघका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए ।

महोत्सवमा अवलोकनकार्ताको संख्या बढेसँगै कारोवार रकममा पनि बृद्धि भइरहेको आयोजकले जनाएको छ । महोत्सवमा आज मात्रै करिव ४० लाख वरावरको आर्थीक कारोवार भएको र अहिलेसम्म आउदाँ ५ करोड १० लाख बरावरको कारोवार भएको स्टलमा गरिएको ब्यापारको सर्वेक्षणले देखाएको महोत्सव प्रचार प्रसार उपसमितिका संयोजक उपेन्द्रराज सुवेदी राजुले जानकारी दिए ।

महोत्सवमा आएर रमाईलो पनि हेर्न पाईने र घर फर्कदा आफुलाई आवश्यक पर्ने स्वदेशी देखि विदेशी सामानहरु दर्शकहरुले घर फर्कदा खरिद गरेर फर्किदा कारोवार बढेको आयोजक संस्था लेखनाथ उद्योग बाणिज्य संघका कोषाध्यक्ष ध्रुववावु भटराईको दावी रहेको छ ।

यस्तै महोत्सवमा फरक फरक दिन फरक फरक शैलीको प्रस्तुतीपनिले दर्शकलाई मनोरञ्जन प्रदान गरिएकाले दोहोरीका पारखी देखि युवाहरुलाई लक्षीत गरि आयोजित लाईभ पप कन्र्सटका कारण सवै प्रकृतीका दर्शकको सहभागीताले महोत्सवलाई थप रोचक बनाएको आयोजकको दावी छ ।
महोत्सवमा आज लोकदोहोरीतर्फ विष्णु खत्री, बसन्त वि.क., तारापति सुवेदी, भुमिका गिरी, सुनिता नेपाली र कमला सुनार, हाँस्यव्यग्य तर्फ पुरुषोत्तम भण्डारी पुर्खेबाको प्रस्तुती रहेको थियो भने बेलुका लाईभ कन्सर्टमा साहिमा श्रेष्ठ, रमेशराज भट्टराइ र जित पुन लगायतको प्रस्तुतीले स्टेज तताएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।