अबैध रुपमा नदि उत्खनन् गर्ने टिप्पर र चालक नियन्त्रणमा


     एभरेस्ट आवाज    
     पौष १३ गते २०८० मा प्रकाशित




पोखरा । पोखरामा अबैध रुपमा नदि उत्खनन गर्दै गर्दा प्रहरीले टिप्पर र चालकलाई नियन्त्रण लिएको छ । पोखरा
महानगरपालिका वडा नं.१९ ढावा पुलबाट अवैध रुपमा चोरी निकासी गरी नदिजन्य पदार्थ ढुङ्गा गिट्टी
निकाली रहेको बेला टिप्पर र चालकलाई नियन्त्रण गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रहरीका अनुसार ग १ क ५१५५ नं.को टिपर र चालक जिल्ला मकवानपुर थाह न.पा. ७ घर भई हाल जिल्ला
कास्की पोखरा – २५ हेम्जा बस्ने बर्ष २३ को नवराज गोलेलाई समेत पक्राउ गरिएको छ ।

चालक र टिप्परलाई आवश्यक कारवाहीको लागी अन्नपुर्ण संरक्षण क्षेत्र सम्पर्क कार्यालय पोखरामा पठाईएको छ । यस बारेमा थप अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।