![]( https://everestawaj.com/wp-content/uploads/2024/01/unnatai.jpg)
पुस १६ पोखरा । पोखरा महानगरपालिका–९ नयाँबजारमा अवस्थित उन्नति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
साधारणसभाको पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष रविरमण तिवारीले एक समारोहकाबीच उद्घाटन गरेका थिए ।
सो अवसरमा उनले सहकारी संस्थाहरु नाफामूखी मात्र भएर आफ्नो जिम्मेवारी पूरा नहुने उल्लेख गरे । उनले सहकारी संस्थाहरुले सहकारीका सिद्धान्त अक्षरस अनुसरण गर्दै सदस्यहरुको हित र सामाजिक उत्तर दायित्वलाई पूरा गर्नुपर्नेमा जोड दिए । सहकारीमा सञ्चालक र कर्मचारीको मात्र हालिमुहाली हुन नहुनेमा जोड दिँदै तिवारीले भने,“सदस्यको क्रियाशीलता र सहभागिताबाट मात्र संस्था बलियो हुन्छ ।”
सहकारीका संस्थापक अध्यक्ष एवं सल्लाहकार पदमबन्धु पोखरेलले सेवाको भावनाले सहकारी संस्थाहरु सञ्चालन हुनुपर्ने बताए ।
संस्थाका अध्यक्ष राजेश रानाभाटले सदस्यहरुको हित र लगानीलाई संरक्षण गरी संस्थालाई गण्डकी प्रदेशकै उत्कृष्ट र अनुकरणीय संस्थाका रुपमा विकास गर्ने प्रतिवद्धता जनाए ।
संस्थाका सल्लाहकार क्या कृष्णबहादुर थापाले संस्थालाई सफल बनाउने मुख्य जिम्मेवारी सदस्यहरुको रहेको उल्लेख गरे ।
संस्थाका उपाध्यक्ष लेखनाथ अर्यालले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव रेवतिरमण भण्डारीले गरेका थिए । साधारणसभाले कोषाध्यक्ष प्रमोद थापा तथा लेखा सुपरिवेक्षण समितिका संयोजक पुरोचन उदासको प्रतिवेदन पारित गरेको छ ।
साधारणसभाको अवसरमा एसइइी परीक्षा २०७९ तथा कक्षा १२ को परीक्षामा सर्वोत्कृष्ट हुने सदस्यका छोराछोरीहरुलाई सम्मान गरिएको थियो । संस्थामा हाल चार हजार १३९ सदस्य रहेको संस्थाका कार्यालय प्रमुख भगवान भट्टराईले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।