१२ औं पोखरा महोत्सवलाई विभिन्न संघ संस्थाले झांकी र्‍याली सहभागी गराउने


     एभरेस्ट आवाज    
     पौष २१ गते २०८० मा प्रकाशित




पोखरा । आगमी पुस अन्तिम सातादेखि हुने १२ औं संस्करणको पोखरा महोत्सवलाई पोखरामा रहेका विभिन्न संघ संस्थाहरुले झांकी र्‍याली सहभागी गराउने भएका छन ।

महोत्सवको सुरुवातीदेखीनै पोखराका संघ संस्थाहरुले सहयोग गर्दै आइरहेकोमा बाह्रौं संस्करणको पोखरा महोत्सवलाई पनि विगतका महोत्सवहरुलाई जस्तै पोखराका संघ संस्थाहरुले झांकी र्‍याली सहभागी गराउने भएका हुन । शनिबार पोखरा महोत्सव स्थल अमरसिंह खेल मैदानमा संघ संस्था समन्वय तथा झांकी र्‍याली ब्यवस्थापन उपसमितिद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी विभिन्न संघ संस्थाका प्रतिनिधीहरुले १२ औं संस्करणको पोखरा महोत्सवको उद्घाटन पुर्व पोखरा रंगशालाबाट शुरु हुने झांकी र्‍यालीमा सहभागी हुने प्रतिवद्धता जनाएका छन ।

अन्तरक्रिया कार्यक्रममा वोल्दै जनकल्याण तमु समाजका सचिव यज्ञबहादुर गुरुङले पोखरा महोत्सव सम्पूर्ण पोखरेलीको महोत्सव भएकाले महोत्सवलाई भब्य र सभ्य बनाउनका लागि आफ्नो संस्था प्रतिवद्ध रहेको बताए । पोखरा महोत्सवले विशुद्ध सामाजिक कामलाई अगाडी बढाउने भएकाले आफ्नो संस्थाबाट झांकी सहित महोत्वमा उपस्थिती रहने उनको भनाइ रहेको थियो । त्यस्तै नेपाल मगर संघ रामबजार मगर समाजका अध्यक्ष सुधा थापा मगरले १२ औं संस्करणको पोखरा महोत्सवलाई विगतमा जस्तै आफ्नो संस्थाबाट समेत झांकी सहभागी गराउने प्रतिवद्धता जनाइन्।

सो अवसरमा बोल्दै युनाइटेड क्लबका अध्यक्ष तथा १२ औं पोखरा महोत्सव मुल आयोजक समितिका संयोजक राजु श्रेष्ठले १२ औं संस्करणको पोखरा महोत्सवलाई बिगतका महोत्सवमा जस्तै सम्पूर्ण संघ संस्थाको साथ र सहयोग रहनेमा आफुहरु विश्वस्त रहेको बताए । युनाइटेड क्लबले आयोजना गर्ने महोत्सव विशुद्ध सामाजिक कामका लागि भएकाले सम्पूर्णको साथ र सहयोगलेनै पोखरा महोत्सव बाह्रौं संस्करण सम्म आइपुगेको उनको भनाइ रहेको थियो ।

सो अवसरमा उद्गम टोल विकास संस्थाका हर्क बहादुर गुरुङ, पोखरा १३ का वृहष्पति शर्मा, बलाराम ढुंगाना लगायतले महोत्सवको सफलताको शुभकामना सहित आ–आफ्नो धारणा राखेका थिए ।

१२ औं पोखरा महोत्सव संघ संस्था समन्वय संयोजक सुक बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रमको सञ्चालन महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले गरेका थिए । कार्यक्रममा झांकी र्‍याली व्यवस्थापन उपसमिति संयोजक विष्णुकुमार गुरुङले स्वागत गरेका थिए ।

बाह्रौं पोखरा महोत्सवको प्रायोजकमा हिमश्री फुड्स प्रा.लि.को उत्कृष्ट उत्पादन रारा तैयारी चाउचाउ र भिजन लिंक एजुकेशन कन्सल्टेन्सी, टिकट प्रायोजक सिटीजन फर्निचर एण्ड ट्रेडलिंक प्रालि, प्रवेश पास प्रायोजक सिद्धि अटोपार्टस एण्ड मोटरसाइकल वर्कसप, ब्रोसर प्रायोजकमा रिलायवल लाइफ इन्सुरेन्स, वान डे पास प्रायोजकमा योकोहामा जापानिज ल्याङ्ग्वेज एण्ड ट्रनिङ कन्सल्टेन्सी प्रालि, अफिसियल ड्रिङकिङ वाटरमा सोल्टी प्रोसेस पानी, हस्पिटालिटी पार्टनरमा होटल टास्क इन्टरनेश्नल अमरसिंह चोक, इन्स्योरेन्स पार्टनरमा आइ.जी.आइ प्रुडेन्सियल इन्स्योरेन्स, बैंकिङ पार्टनरमा ग्रीन डेभलपमेन्ट बैंक, अफिसियल इन्टरनेटमा वल्र्डलिंक र महोत्सवको विशेष सहयोगी संस्थामा पोखरा महानगरपालिका सहयोगी संस्थामा अमरसिंह मावि, गण्डकी प्रज्ञा प्रतिष्ठान, प्रवद्र्धकमा नेपाल पर्यटन बोर्ड, महोत्सवको अफिसियल मिडियामा एबिसी न्युज टेलिभिजन, फेवा टेलिभिजन, एभरेष्ट एफ एम ९३ मेघाहर्ज, आदर्श समाज राष्ट्रिय दैनिक र कोरालाखवर डटकम रहेका छभने अनलाइन टिकटिङ पार्टनरमा रेभेल रहेको महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।