शिक्षक हित बचत तथा ऋण सहकारीको १२औं वार्षिक साधारण सभा सम्पन्न


     एभरेस्ट आवाज    
     पौष २१ गते २०८० मा प्रकाशित




पुस २१ पोखरा । शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लि.को १२ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
साधरण सभाको प्रतिनिधि सभा सांसद दामोदर पौडेल बैरागीले उदे्घाटन गरे ।

उनले सहकारीको भावना र मर्म अनुसार अगाडी बढ्न आग्रह गर्दै यसको मर्मलाई आत्मसाथ गरेमा कुनैपनि वाह्य समस्याले संस्थालाई प्रभाव नपार्ने बताए । सांसद पौडेलले भने, ‘सहकारीको भावना र मर्म अनुसार अगाडी बढेमा कुनैपनि वाह्य समस्याले संस्थालाई प्रभाव पादैन ।’ उनले संघीय शिक्षा ऐनका बारेमा संसदमा आफू र आफ्नो दलले शसक्त भूमिका खेल्ने र विगतका सहमतिहरु अनिवार्य रुपमा समेट्न लागिपर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समितिका सचिव रामप्रसाद पोखरेल, नेपाल शिक्षक महासंघका केन्द्रीय सदस्य लोचना अधिकारी, सहकारीका संरक्षक सल्लाहकार तथा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कास्कीका अध्यक्ष रोमहर्षण पौडेल र संस्थाका निर्वतमान अध्यक्ष उमनाथ गौतमले संस्थाको प्रगतीको शुभकामना व्यक्त गरे ।

कार्यक्रममा निवृत्त शिक्षकहरु परशुराम शर्मा पहारी, रघुनाथ आचार्य र निर्मला पौडेल र सहकारीको उन्नयनमा विशेष सहयोग गर्ने नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीका सचिव तिर्थराज ढकाललाई दोसल्ला तथा सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।

सम्पन्न कार्यक्रममा गत वर्षका विविध गतिविधिहरुको समेटिएका प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन तथा बार्षिक बजेट तथा कार्यक्रम लगाएत विभिन्न नीति तथा कार्यविधिहरु पारित गरिएको थियो ।

सञ्चालक समिति अध्यक्ष बसन्धरा पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष बाबुराम भुजेल, सात सिद्धान्त वाचन सञ्चालक सदस्य मोहमद मोहसिन मिया र सञ्चालन सचिव दामोदर तिमिल्सिनाले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।