पुस २१ पोखरा । पोखरा महानगरपालिका वडा न १३ कुँडहर स्थित कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा भएको खुल्ला रक्तदान कार्यक्रममा ९० युनिट रगत संकलन भएको छ ।
२५ औं वार्षिकोत्सवको तथा रजत जयन्तीको अवसरमा शनिवार रक्तदान कार्यक्रम गरिएको हो । गण्डकी प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय प्रमुख भेषराज रिजालले पहिलो रक्तदाता तथा कोन सहकारीका सचिव शान्तकुमार श्रेष्ठलाई ब्लड व्याग हस्तान्तरण गरी कार्यक्रम शुभारम्भ गरे । प्रमुख रिजालले सामाजिक उत्तरदायित्व अन्तर्गत खुल्ला रक्तदान कार्यक्रमले समाजमा सहकारी प्रति सकारात्मक सन्देश जाने बताए ।
पोखरा– १३ का वडाध्यक्ष किरण बरालले कोन सहकारीले शिक्षा तथा स्वास्थ्य क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आइरहेको भन्दौ प्रशंसा गरे ।
कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष तीर्थबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा आकस्मिक रक्तदान युनिट पोखराका संस्थापक एवं परिकल्पनाकार हरिशचन्द्र शर्मा, नेपाल रेडक्रस सोसाइटी कास्की प्रादेशीक रक्तसंचारका प्रमुख अर्जुन ज्ञवाली, कोन सहकारी संचालक समितिका उपाध्यक्ष माधवप्रसाद सिग्देल, सचिव शान्तकुमार श्रेष्ठ, सदस्य शारदा पराजुली(सिग्देल), लगायत बोलेको थिए । कार्यक्रमको सञ्चालन शिक्षा उपसमितिका संयोजक खड्कवहादुर गुरुङ(खुसीमान)ले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







