घट्यो पेट्रोल र डिजेलको मूल्य


     एभरेस्ट आवाज    
     माघ १ गते २०८० मा प्रकाशित




माघ १ काठमाण्डौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । निगमले आज राती १२ देखि लागु हुनेगरि प्रतिलिटर एक–एक रुपैयाँका दरले घटाएको हो ।

इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट मूल्य घटेर आएसँगै निगमले मूल्य समायोजन गरेको छ । निगमका अनुसार आइओसीबाट पेट्रोलको मूल्य प्रति लिटरमा १ रुपैयाँ २६ पैसा र डिजेल लिटरमा ८३ पैसा घटेर आएको छ।


मूल्य समायोजनसँगै अब पेट्रोल प्रतिलिटर १६६ रुपैयाँ र डिजेलको मूल्य प्रति लिटर १५६ कायम भएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।