पोखरा । पोखराको अमरसिंह खेल मैदानमा जारी बाह्र्रौँ संस्करणको पोखरा महोत्सवमा चर्चित लोकदोहोरी गायक बद्री पंगेनीको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिएका छन् ।
‘युवाको जाँंगर राष्ट्र निर्माणको आधार’ भन्ने नारासहित युनाइटेड क्लव पोखराको आयोजनामा गत बिहीबारदेखि शुरु भएको महोत्सवमा आज बद्रीले ‘धेरै धेरै बधाइ छ छाडिजानेलाई’, ‘पैसा सापटी’, ‘रातो गलबन्दी’, ‘झ्याउरेको तालैमा’, ‘चप्पलै छिनियो’, ‘ससुरालीमा’, ‘पञ्चेबाजा’, ‘कान्छि हे कान्छि’ लगायतको गित मार्फत दर्शकहरुलाई भरपुर मनोरन्जन दिलाएका थिए ।
आज बद्रीसंगै जीवन दाहाल, शिवहरी ढुंगाना, नेत्र खड्का, नवराज अधिकारी, टस गुरुङ, नेत्रपाणी बास्तोला, रमा राना, पुजा गुरुङ लगायतको प्रस्तुती रहेको थियो ।
त्यसैगरी सांझको लाइभ ब्याण्डमा सबिन राई एण्ड द फेरोहको लाइभ कन्सर्टमा युवाहरु झुमेका छन् ।
महोत्सवको नवौं दिन भोलि विशेष आर्कषणका रुपमा एलिना चौहान र मन्त्र ब्याण्डको प्रस्तुती रहने आयोजकले जनाएको छ ।
भोलि दिउँसोको स्टेज शो मा एलिना चौहान र सांझको लाइभ ब्याण्डमा दार्जलिङको चर्चित ब्याण्ड मन्त्र ब्याण्डको प्रस्तुती रहने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
महोत्सवमा भोलि एलिनासंगै जीवन दाहाल, शिवहरी ढुंगाना, निश्चल दवाडी, सबिना गुरुङ, शान्ता बर्देवा, माधव चाँपागाई, कमला गैरे, बिनिता क्षेत्री, सुरेश भुर्तेल लगायतको प्रस्तुती रहने छभने सांझको लाइभ ब्याण्ड तर्फ मन्त्र ब्याण्डको प्रस्तुती रहने छ ।
आज महोत्सवको आठौं दिनसम्ममा दर्शकको उपस्थिती बढ्नुका साथै राखिएका स्टलहरुमा ब्यापार समेत बढेको छ । महोत्सवमा जाडोयामका लत्ता कपडा, घरायसी सामाग्री किन्नेको भीड लाग्ने गरेको छ ।
त्यसैगरी महोत्सवमा भेषभूषामा तस्विर खिचाउने, हिमाली याकको अवलोकन गर्ने, नेपाल टेलिकमको निशुल्क सिम लिने, घोड सवार गर्नेको समेत भीड लागेको छ । महोत्सवमा अनलाइन मार्फत रेभल एपबाट घरमै बसेर समेत महोत्सवमा आउने दर्शकले टिकट काट्न सक्ने र हरेक दिन तीन जनालाई निशुल्क टिकटको समेत ब्यवस्था गरिएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







