माघ ५ पोखरा । पोखरामा जारी टाइगर कप भलिबल प्रतियोगिताको उपाधि भिडन्त शनिबार हुँदैछ । टाइगर ग्रुप अफ पोखराको आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगिताको उपाधिका लागि पुरुषतर्फ आयोजक गण्डकी प्रदेश र टिपटप हेल्प नेपाल स्पोर्टस क्लव तथा महिलातर्फ सशस्त्र प्रहरी बलको एपिएफ क्लव र चन्द्रागिरी नगरपालिका न्यू–डायमण्ड एकेडेमी भिड्ने भएका छन् ।
प्रतियोगिता अन्तर्गत शुक्रबार भएको पुरुषतर्फको सेमीफाइनलमा आयोजक गण्डकीले सशस्त्र प्रहरीको एपिएफ क्लवलाई सोझो सेटमा पन्छाउँदै फाइनलमा स्थान सुरक्षित ग¥यो । त्यस्तै, अर्को सेमीफाइनलमा हेल्प नेपालले विदेशी टोली श्रीलंका आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि भिडन्त पक्का ग¥यो ।
सेमीफाइनलको पहिलो खेलमा हेल्प नेपालले पहिलो सेट २५–१८ ले गुमाएको थियो । श्रीलंका आर्मीसँग दवाबमा खेल्दा पहिलो सेट गुमाएको हेल्प नेपालले त्यसपछि खेलमा पुनरागमन गर्दै लगातार तीन सेट २५–१४, २५–१८ र २६–२४ ले जित्दै उपाधि यात्रा जारी राख्यो ।
दोश्रो सेमीफाइनलमा आयोजक गण्डकीले एपिएफलाई २५–१७, २५–२० र २५–२२ ले सहजै जितेर उपाधि नजिक पुगेको छ । आयोजक गण्डकी पहिलो र तेश्रो श्रृंखलाको बिजेता हो । हेल्प नेपाल भने पहिलोपटक फाइनलमा पुगेको हो ।
महिलातर्फ भने न्यू–डायमण्ड एकेडेमी र एपिएफ क्लव विहीबार नै फाइनलमा पुगिसकेका छन् । एपिएफले नेपाली सेनाको त्रिभूवन आर्मी क्लव र न्यू–डायमण्ड एकेडेमीले नेपाल पुलिस क्लवलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका थिए ।
यसैबीच नेपाली सेनाको त्रिभूवन आर्मी क्लव महिलातर्फ तेश्रो भएको छ । शुक्रबार भएको खेलमा नेपाल पुलिस क्लवलाई ३–१ सेटले पराजित गर्दै आर्मी तेश्रो भएको हो । आर्मीले २५–१७, १८–२५, २५–२० र २५–१९ ले जित्दै तेश्रो स्थान प्राप्त गरेको हो । तेश्रो भएको आर्मीले नगद १ लाख २५ हजार ५५५ का साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र हात पारेको छ ।
प्रतियोगिताको महिला तथा पुरुष दुबै तर्फको बिजेताले नगद ५ लाख ५५ हजार ५ सय ५५ सहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने दुबै तर्फका टिमले उपविजेता नगद २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने दुबैतर्फका टिमले नगद १ लाख २५ हजार ५ सय ५५ सहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने प्रचारप्रसार संयोजक ईन्द्रप्रसाद पौडेलले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







