समय अगावै राम्चे सडक निर्माण सम्पन्न


     एभरेस्ट आवाज    
     माघ २२ गते २०८० मा प्रकाशित




पोखरा । निर्माण उपभोक्ता समितिले चायो भने कुनै पनि विकास निर्माणका योजना समय अगाडी नै सम्पन्न गर्न सक्छन भन्ने उदाहरण बनेको छ राम्चे सडक नाला सहितको ढलान योजना ।

गत पुस १७ गते योजना सम्झौंता भई निर्माण शुरु भएको सो योजना डेढ महिना अघि नै निर्माण सम्पन्न भएको छ । पोखरा महानगर पालिका वडा नं. १९ को वडा स्तरिय योजना अन्र्तगत कुल ७० मिटर लामो सो सडक निर्माणको जिम्मा पाएका सुजन पाण्डेले सम्पन्न गर्नुपर्ने मिति अगावै निर्माण सम्पन्न गरेको उपभोक्ता समितिका अध्यक्ष हिमलाल पौडेलले जानकारी दिए ।

वडा कार्यालय र उपभोक्ता समितिको कुल ४ लाख ११ हजार ६ सय ४९ रुपैया लागत रहेको सो योजना सानो भएता पनि सवै पक्षको समन्वयवाट निधारित समय भन्दा डेढ महिना अगावै सम्पन्न भएको बताउदै, अध्यक्ष पौडेलले साना योजनावाट पाठ सिक्न ठुला योजना होल्ड गर्ने ठेकेदारलाई सुझाव दिएका छन् । सो योजनाको लागी वडा कार्यालयले ३ लाख ७० हजार वजेट विनियोजन गरेको थियो ।

घार्मीको मुटु भनेर चिनिने राम्चेमा वरपर कालोपत्रे सडक भए पनि विचको केही भाग त्यत्तिकै छोडिएकोमा अब उक्त भाग पनि नाला सहितको ढलान भएपछि कुनै समस्या नहुने सचिव प्रेमबहादुर जिसीले बताए ।

सडक निर्माण कार्य छोटो समयमा पनि गुणस्तरीय काम भई सम्पन्न भएकोमा वडा सदस्य एवं अनुगमन समितिका संयोजक कल्पना सुनारले खुशी व्यक्त गर्नुभयो ।सो सडक निर्माण पछि ४२ घरधुरीका करिव २ सय जनसंख्या लाभाम्वित भएका छन् ।

घार्मीमा निर्माणधिन तागाको मुख घार्मी ग्रामिण सडकको बाँकी भाग, मरेवारी खानेपानी मर्मत योजना तथा मरेवारी खेत सडक पनि निर्धारित समयमै सम्पन्न गर्न स्थानिय उपभोक्ताले आग्रह गरेका छन् ।

विकासका दृष्टिले पछाडी परेको पर्यटकीय गाउँ घार्मीमा पछिल्लो समय सडक, खानेपानी र शिक्षाको विकासमा भने निकै फड्को मारेको वताईएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।