एल आई सीले दियो २४ घण्टा भित्रको मृत्युदावी


     एभरेस्ट आवाज    
     माघ २६ गते २०८० मा प्रकाशित




माघ २६ पोखरा । बहुराष्ट्रिय कम्पनी एल आई सी नेपालले विमा गरेको २४ घण्टा भित्रको मृत्युदावी भुत्तानी प्रदान गरेको छ । कम्पनीले दुर्घटनमा परि ज्यान गुमाएका कास्कीको अन्नपुर्ण गाउपालिका वाड नं ३ स्थायी ठेगाना भएका माधव पौडेलको परिवारलाई दुर्घटना सहितको रु १०लाख २६ हजार पाँच सय रुपियाँ प्रदान गरेको हो ।

एल आइ सी नेपाल पोखरा साखाको ईतिहासमा पहिलो पटक विमा गरेको २४ घण्टा भित्र दुर्घटनामा पनि ज्यान गुमाएको परिवारलाई दुर्घटना लाभ सहितको मृत्युदावी भुत्तानी गरेको साखा प्रमुख सन्जिव खनालले वताएका छन् ।

स्वर्गीय पौडेलले गत असोज १२ गते अभिकर्ता आसिक शर्मा मार्फत रु पाँच लाखको विमा गराएका थिए भने उनको असोज १३ गते पर्वतको कुस्मा नगरपालिका वडा नं ७/८ सिमानामा रहेको तमादिखोलामा एक्कासी आएको वाडीले वगाएर मुत्यु भएपछि कम्पनीले दुर्घटना सहितको मृत्युदावी भुत्तानी गरेको हो ।

दुर्घटनामा परि ज्यान गुमाएका माधव पौडेलका वुवा रघुनाथ पौडेललाई एल आई सी नेपाल गण्डकी प्रदेशका प्रमुख हेमराज जोशी,पोखरा साखाका प्रमुख सन्जिव खनाल,एजेन्सी म्यानेजर विष्णु तिमिल्सीना र अभिकर्ता आसिक शर्माले सयुत्त रुपमा उत्त रकम वरावरको चेक हस्तान्त्रण गरेका हुन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।