चौथो चापाकोट देउराली सांस्कृतिक महोत्सव सम्पन्न


     एभरेस्ट आवाज    
     माघ २९ गते २०८० मा प्रकाशित




पोखरा । चौथो चापाकोट देउराली सामुदायिक होमस्टे सांस्कृतिक महोत्सव २०८० सम्पन्न भएको छ । महोत्समा भएको भलिबल प्रतियोगितामा पहिलो ठुलाखेत दोस्रो घाटिछिना दोस्रो भएको छ ।

झाकी र्याली प्रतियोगितामा पहिलो हर्पन खोला तमु समाज, दोस्रो सहनसिल आमा, तेस्रो नमुना हर्पन आमा समूह र सान्त्वना लालि गुराँस आमा समूह भएको छ ।

दुना टपरी गास्ने प्रतियोगितामा पहिलो पबित्रा देवकोटा, दोस्रे पार्वती अधिकारी, तेस्रो शान्ति बिक र सान्त्वना उजेली सुनार भईन् ।

नौमती बाजा प्रतियोगितामा पहिलो सगरमाथा नौमती बाजा, दोस्रो पञ्चोसे नौमती बाजा, तेस्रो आदिखोला नौमती बाजा र, सान्त्वना भुका देउराली नैमती बाजा र चापकोट नैमती बाजा भएको छन् ।

भजन प्रतियोगितामा पहिलो पञ्चासे भजन समूह, दोस्रो राधाकृष्ण भजन समूह, तेस्रो सन्जय ढकाल दाजु भाई समूह र सान्तवना अ‍ैसेललुचउर भजन समूह घोषित भए ।

विद्यालय स्तरीय नृत्य प्रतियोगितामा पहिलो अश्मी गुरुङको समूह, दोस्रो सिमा रानाको समूह, तेस्रो सिद्व बराहा र सान्त्वना जनकल्याण बोडिङ् स्कुल भएका छन् ।

कौडा नृत्य प्रतियोगितामा पहिलो पुर्णिामा संस्कृति कला केन्द्र, दोस्रो सनराईज बोडिङ्, तेस्रो अरपिता गुरुङको समूह,सान्त्वना सिद्वबराहा माबी भएका छन् ।

रत्यौली गित प्रतियोगितामा पहिलो पिपलडाली आमा समूह, दोस्रो पञ्चासे परिवर्तन समूह, तेस्रो सहनसिल आमा समूह, सान्त्वना देउराली आमा समूह भएका छन् ।

गण्डकी प्रदेश सरकार प्रदेश सभा सदस्य प्रकाश बरालले संस्कृति संरक्षणमा महोेत्सवले महत्त्वपूर्ण भुमिका खेलेको बताए । सरकारले यस्ता कार्यक्रमलाई प्रसोहान गर्नुपर्ने बताए । सरकारको सिमित स्रोत र साधन भएको कारण जनताको आसा अनुसार विकास गर्न नसकिएको स्विकार गरे ।

पोखरा २३ वडा अध्यक्ष रामकाजीले गुरुङ पर्यटन प्रवर्द्धनमा महोत्सबले सहयोग गर्ने जानकारी दिए । होमस्टेको लागि पुर्वाधार बिकास योजना नमुना गोरेटो बाटो निर्माण हुदै गरेको छ ।

पोखरा २४ वडा सदस्य रेशम सुवेदी चापकोट क्षेत्रलाई पर्यटन क्षेत्र घोषणा गर्न पहल गर्ने बताए ।पोखरा महागर पर्यटन प्रवर्द्धन संघ उपाध्यक्ष रबिन्द्रराज पौडेल चापकोटमा पर्यटन प्रवर्द्धन गर्न पहिला पनि पहल गरेको र आगामी दिनमा पनि आवस्यक पहल गर्ने बताए ।

पर्यटन प्रवर्धन समितिका अध्यक्ष भिम पराजुलीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।