फागुन ३ पोखरा । पोखरा महानगरपालिका वडा नं २६ मा रहेको सिलिङे कृर्षि सहकारी सस्थाले आफनो १६ औं स्थापना दिवसको अवसर पारेर सेयर सदस्यहरुलाई विउ विजन वितरण गरेको छ ।
सामाजिक उत्तरदाईत्वलाई वहन गर्दै सहकारीले सेयर सदस्यहरुलाई कृर्षी क्षेत्र तर्फ आकर्षण गर्न र कृर्षीका उत्पादनमा आत्मनिर्भर बनाउने उदेश्यले कृर्षी औजार सहित विउ विजन वितरण गरेको हो ।
सहकारीको नाम कृर्षीमा जेडिएकाले कृर्षीलाई ब्यवसायीक करण गर्दै आफना करेसावारीमा तरकारी पलाएर खान उत्प्ररण जगाउने गरि हरेक वर्ष जस्तै सहकारी यस वर्ष पनि एक सय ५०जनालाई कृर्षि सामाग्री,दुई सय २० जनालाई वर्खे तरकारीको विउ र सार्वजानीक दुई ठाउमा बेन्च राखेको हो ।
सोही कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष नरेन्द्र थापाले असल किसानको पहिचान गरि वितरण गरिएको विउ विजनबाट उत्पादन वढाएर सेयर सदस्यको आय आर्जनमा सहयोग पुग्नु पर्ने विश्वास दिलाउदै केही सहकारीमा देखिएका कमि कमजोरीलाई समाधान गर्न र वचत कर्ताको रकमलाई हिनाविना गर्न नदिनका लागि वडाले पनि पहल गर्ने प्रतिवद्धता जनाएका थिए ।
सस्थाका अध्यक्ष डाकुर प्रसाद रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा निर्वतमान अध्यक्ष शैलेन्द्रमोहन भट्टराईले कृर्षी उत्पादनमा आत्मनिर्भर हु्नका लागि सहकारीले हरेक वर्ष नयाँ नयाँ कार्यक्रम ल्याउने गरेको वताएका थिए भने सल्लाहकार कृष्णमोहन भट्टराईले वितरण गरिएको विउको सहि सदुपयोग भए नभएको अनुगमन गर्नु पर्ने सुझाव राखेका थिए ।
सस्थाका उपाध्यक्ष यदुनाथ बरालले धन्यवाद ज्ञापन गरेको कार्यक्रममा कृर्षि सञ्जाल पोखरा २६ का संयोजक केशवराज ढुगाना, विउ विजन वितरण कार्यक्रमका संयोजक सुर्य प्रसाद बञ्जरा र सचिव ईश्वरी प्रसाद अधिकारीले सहकारीले अगाडी सारेको किसान प्रत्साहानको कार्यक्रमको प्रभाव र उपयोगीतालाई हेरेर आगामी दिनमा यसलाई निरन्तरता दिन सकिने विश्वास दिलाएका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







