पोखरा । पोखरा महानगरपालिका–१४ छिनेडाँडामा आयोजित प्रथम स्थानीय महोत्सव सम्पन्न भएको छ ।
पोखरा महानगरपालिका–१४ वडा कार्यालयको आयोजनामा ‘कृषि, पर्यटन, स्थानीय व्यवसायको प्रवद्र्धन’ भन्ने मुल नारासहित प्रथम स्थानीय महोत्सव सम्पन्न भएको हो ।
महोत्सवको समापन समारोहलाई सम्बोधन गर्दै केसी ग्रुपका सञ्चालक एवम् व्यवसायी किरण केसीले महोत्सवले स्थानीय उत्पादनलाई बजारीकरण र व्यवसायीकरण गर्न मद्धत पुग्ने बताए । ‘मेला महोत्सवलाई हामीले मनोरञ्जनको लागि मात्र बुझ्ने गरेका छौं, स्थानीय उत्पादनको बजारीकरण र व्यवसायीकरणको लागि महोत्सवले महत्वपूर्ण मद्धत गर्छ ।’ व्यवसायी केसीले भने ।
उनले पोखरा महानगरपालिकाको ३३ वटा वडा मध्ये पोखरा–१४ ले स्थानीय उत्पादनको बजारीकरण र व्यवसायीकरणको लागि काम गरेको बताए । मेला महोत्सव उत्पादित वस्तुहरुको व्यवसायीकरण गर बजारीकरणको गर्ने थलो भएको सम्मेत उल्लेख गरे ।
कार्यक्रममा गण्डकी प्रदेशका निवर्तमान कृषि, उर्जा तथा जलस्रोतमन्त्री एवम् सांसद बेदबहादुर गुरुङ ‘श्याम’ले मेला महोत्सवमा उत्पादित कृषि तथा वस्तुहरुको प्रवद्र्धन गर्न सहयोग पुग्ने बताए ।
‘मेला महोत्सवमा किसानका उत्पादन गरेका खाद्यान्नदेखि उद्यमीहरुले उत्पादन गरेका वस्तुहरुको प्रवद्र्धन गर्ने थलो हो’, सांसद गुरुङले भने, ‘मेला महोत्सवले कला संस्कृतिसँगको संरक्षण र जर्गेना गर्न महत्वपूर्ण योगदान पु¥याउँछ ।’
पोखरा महानगरपालिका–१४ का वडाध्यक्ष बोधबहादुर कार्कीले स्थानीय व्यवसायीहरुको व्यवसाय प्रवद्र्धन, स्थानीय मौलिक कला संस्कृतिको जगेर्ना गर्ने उद्धेश्यसहित पहिलो चोटि महोत्सव आयोजना गरेकोे बताए ।
‘महोत्सवमा स्थानीय उत्पादनलाई मात्र प्राथमिकता दिएका छौं, पोखरा–१४ मा उत्पादन हुने कृषि जन्य उपजको व्यवसायीकरण एवं बजारीकरण, स्थानीय व्यवसायीको उत्पादन तथा व्यवसाय प्रवद्र्धन गर्ने वडाको मूख्य उद्धेश्य रहेको छ । यसले कृषकहरुमा थप उर्जा मिल्ने विश्वास लिएका छौं’ वडाध्यक्ष कार्कीले भने ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेपाल भुतपुर्व खेलाडी मञ्चको रजत महोत्सवको समापन आगामी मंगलबार हुने भएको छ।…







