मादीको भगवतीटारमा दोश्रो आलु महोत्सव हुने


     एभरेस्ट आवाज    
     फागुन १० गते २०८० मा प्रकाशित




पोखरा । कास्कीको मादी गाउँपालिका–१२ भगवतीटारमा दोश्रो आलु महोत्सब गरिने भएको छ । ‘भगवती टार जाऔं, अर्गानिक आलुका परिकारमा रमाऔं’ भन्ने नाराका साथ हराभरा भगवती कृषक समूहको आयोजनामा आगामी चैत ३ गते दोश्रो आलु महोत्सव हुन लागेको हराभरा भगवती कृषक समूहकी अध्यक्ष कुसुमलता सुवेदीले जानकारी दिइन् ।

मादी गाउँपालिका वडा नं. १२ को प्रायोजनमा हुने महोत्सव सम्पन्न गर्न आयोजकले विभिन्न ५ वटा उपसमिति मार्फत तयारीलाई अगाडि बढाएको समुहकी अध्यक्ष सुवेदीले जानकारी दिइन् ।

कृषि, पर्यटन र व्यवसायको पंर्वद्धन गर्दै यस क्षेत्रमा हुने कृषि उत्पादनलाई बजारीकरण गर्ने मूख्य उद्धेश्यका साथ आलु महोत्सवलाई निरन्तरता दिइएको वडा नं.१२ का वडा अध्यक्ष कृष्ण दाहालले बताए ।

भगवती टारको जग्गा आलुकासाथै कृषि उत्पादनका लागि अतिनै उर्वरा भूमि भएको भन्दै सो क्षेत्रलाई मादी गाउँपालिकाको पकेट एरियाको रुपमा विकास गर्ने लक्ष्य रहेकोसमूहका सचिव महेन्द्र पौडेलले बताए ।

भगवतीटारमा अर्गानिक आलु उत्पादन हुन्छ भन्ने स्थानको पहिचान गर्नुका साथै आगामी दिनमा संघिय सरकारसँग मादीको पानीलाई प्रयोग गर्दै सिंचाइको व्यवस्था गरी आलुको अलवा अन्य तरकारी तथा फलफुल उत्पादन गर्ने पनि योजना रहेको उनले बताए । महोत्वसमा ४ जातका आलुका साथै तरकारी तथा कृषि उपभोग्य सामानको खरिद विक्री समेत हुने आयोजकले बताएको छ ।

आलुका परिकारहरु, खुल्ला भजन प्रतियोगिता, ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुतिका साथै विविध सांस्कृतिक कार्यक्रमहरु महोत्सवका आकर्षणका रुपमा रहेको प्रचार प्रसार उपसमितिका संयोजक मिलन केसीले बताए ।

यसै गरी खूल्ला भजन प्रतियोगितामा प्रथम पुरस्कार २० हजार, द्वितिय पुरस्कार १० हजार, तृतिय पुरस्कार ५ हजार र सान्त्वना पुरस्कार ३ हजार रहेको आर्थिक व्यवस्थापन उपसमितिका संयोजक बुद्धिप्रसाद पौडले जानकारी दिए ।

यसकासाथै महोत्सवमा पूराना लोप हुँदै गएका ढिकी, जाँतो, सन्जेकी, मधुस, सिको, रोचा लगाएतका सामग्रीहरु प्रदर्शनीमा राखिने छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।