पोखरा, फागुन १५
सप्तगण्डकी दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले डिडिसीले तिर्न बाँकी ६ अर्ब बक्यौता रकम यथाशिघ्र भुक्तानी दिन माग गरेको छ । दूग्ध किसानहरुको साझा संस्था केन्द्रीय दूग्ध सहकारी संघ लिमिटेडको आह्वान अनुसार सोमबार जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई ज्ञापन पत्र पठाउँदै दुग्ध किसानका बक्यौता रकम भुक्तानी दिन माग गरेको हो । संघका तर्फबाट संघका अध्यक्ष नवराज बरालले कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीलाई ज्ञापन पत्र बुझाएका थिए ।
ज्ञापन पत्रमा हाल किसानले भोगिराखेका मिल्क होलिडे तुरुन्त रोक्न मागसमेत गरिएको छ । त्यस्तै, संघले दुग्धजन्य पदार्थको अन्र्तराष्ट्रिय बजार खोजेर बिक्री गर्ने ब्यबस्था गर्न माग गर्दै त्यसका लागि कुटनीतिक पहल गर्न आग्रह गरेको छ । उसले अहिलेपनि अनियमित आयातित दुग्धजन्य पदार्थहरुलाई पूर्ण बन्द गराउनपनि माग गरेको छ ।
संघले दुग्ध किसानहरुलाई पलायन हुनबाट जोगाउन कृषिकर्जामा अनुदान कार्यक्रम विगतका वर्षहरुमा झै यथासिघ्र उपलब्ध गराउन माग गरेको छ । यसैगरी संघले दुधमा दिइदै आएको अनुदान लिटरको ५ रुपैयाँ बनाउन र सबै प्रदेशमा सबै किसानले पाउनेगरी लागु गर्न माग गरेको छ भने पशु आहारा तथा औषधि लगायत पशुपालनसंग सम्बन्धित वस्तुका मूल्य राज्यले अविलम्व नियन्त्रण गर्नपनि माग गरेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । सञ्चार क्षेत्रमा लामो समयदेखि सक्रिय रोजी श्रेष्ठ अब व्यवसायिक यात्रामा…






