मोटोपना : कारण, संभाबित रोग र बच्ने उपाय (टिप्ससहित)


     डा. सुबास भट्टराई (बरिष्ठ फिजिसियन)    
     फागुन २१ गते २०८० मा प्रकाशित




आज ४ मार्च । बिश्व मोटोपना दिवस (World obesity day) विविध सचेतनामूलक कार्यक्रमका साथ मनाइदैछ ।

आज भोलिको प्रमुख रोग र अन्य रोगहरुको मुख्य कारण :

मोटोपना : पहिले-पहिले मोटाउनुलाई निकै राम्रो पनि मानिन्थ्यो ।अस्वस्थ जिवनशैली र अस्वस्थ खानपानले कयौ प्राणघातक रोगहरु शिकार बनाउन सक्छ ।
संभाबित रोगहरु :

निरन्तररुपमा मोटाउँदै जाँदा शरीरमा विभिन्न रोग लाग्ने सम्भावना पनि बढेर जान्छ।
# उच्च रक्तचाप (हाई ब्लड़ प्रेसर)
# हृदयाघात (मुटुको हार्ट एटैक)
# मधुमेह (डाइबेटीज)
# कलेजोमा बोसो (फ्याटी लिवर)
# मस्तिकघात (प्याराल्याइसिस)
# घुर्ने र निन्द्रामा  सास नै रोकिने
# दम  आदि

यी सबै आजभोली एकदमै महामारिको रुपमा बढ्दै गैरहेको छ ।हिजोआज यी सबै रोगहरु मानिसको अल्पाआयुमा हुने मृत्यु प्रमुख कारणहरु बन्न गएका छन् । मोटोपनालाई विगतमा समस्याका रूपमा हेरिए पनि अहिले चिकित्सकहरू गम्भीर रोगका रूपमा लिन्छन् ।

मोटोपना हुने कारणहरु :

१) अस्वस्थ खानपीन – बढी चिल्लो र बोसो युक्त खानपिन
२) विलाशी जीवन
३) शारीरिक व्यायाममा कमी  
४) रक्सि र चिल्लो खानपिन        
५) रगतमा नराम्रो बोसो, कोलेस्टेरोल को मात्र धेरै हुँदा    
६) रोगहरु : थाइराइड आदि            
७) लामो समय सम्म औषधिहरुको प्रयोग गर्नाले स् डिप्रेसनमा , लामो समय देखि दम ,जोर्नीको दुखाइमा  प्रयोग हुने स्टेरोएड, महिलाले खाने चक्की , संगिनी सुइ आदि ।

बच्ने उपाय :
शरीरलाई स्वस्थ्य राख्न खानपिनमा ध्यान दिन जरुरी हुन्छ ।
१) प्रशस्त मात्रामा पानी पिउनुहोस् ।
२) धेरै पटक खाने तर थोरैथोरै ।
३) भरसक तेल भएको खाना, प्याकेट को फ्राई , धेरै नखाने ,
४) गुलियो खानेकुराबाट टाढै बस्नुहोस् । चक्लेट, गुलियो पेय पदार्थ ,कोक ,फेन्टा र चिल्लो खानेकुरा नखानुहोस् । यस्ता खानेकुराहरुको प्रयोगले तपाईंको शरिरको पेट र तिघ्रामा बोसो जम्मा हुन मद्दत गर्दछ । ५) तरकारी र फलफूलमा बढि जोड दिनुहोस् । दैनिक बिहान र बेलुका एक कचौरा फलफूल खाने गर्नुहोस् । सलाद , गाजर, काँक्रो, मुला आदि खाने। यसले तपाईंको शरिरमा एन्टिअक्सिडेन्ट, मिनरल र भिटामिन परिपूर्ती गरिदिन्छ ।
६) बेलुकी खाना खाइसकेपछि वरिपरि कम्तीमा सय कदम हिँड्ने
७) सकेसम्म सुत्नु भन्दा ३र४ घण्टा पहिले नै खाना खाने
८) नेपालि परिवेशमा हामिले बिहान बेलुका खाने भात बढी नै खान्छौ , जसमा कर्बोहाइड्रेटको मात्रा अत्यधिक हुन्छ। भात कम गरौं। खानामा साग सब्जी सलाद लै प्राथमिकता दिउँ ।

९) रक्सि चुरोट र सुर्तिजन्य पदर्थको सेवन् नगरौ

१०) नियामित व्यायाम गर्नुहोस  । बिहान सबेरै छिटो छिटो हिड्ने, दौडने, नाच्ने, उफ्रने, , फुटबल, भलिबल, बास्केटबल, व्याडमिन्टन, पौडी, टेनिस, डोरी आदि खेल्ने  साइकल चलाउने र परेड खेल्ने, पसिना आउनेगरी आधा घण्टा दौड्ने हो भने दुई सयदेखि तीन सय क्यालोरी ऊर्जा खर्च हुन्छ ।

११) समयमै चिकित्सकसंग सल्लाह लिनुहोस् । मोटोपना को कारक कुनै अरु रोग भए नभएको पत्ता लागाउनुहोस ।मोटोपना संग जोडिएको रोग को उपचार गर्नुहोस। मोटोपन ,पेट लागेको , कलेजोमा बोसो जमेकोलाई सामन्य नलिनुहोस् । खानपिन मा ख्याल गर्नुहोस , नियामित ब्यायाम गर्नुहोस, चिकित्सक को सल्लाह अनुसार उपचार गर्नु होस्। स्वस्थ रहौँ , स्वस्थ समाज को निर्माण गरौँ ।
 (डा. सुबास भट्टराई पोखरा , पृथ्वी चोक अवस्थित गेस्ट्रो केयर, पेट तथा कलेजो रोग उपचार केन्द्र मा कार्यरत डी.एम. गेस्ट्रो र हेपाटोलोजी विशिष्ट बिशेसज्ञ हुन् । – सम्पादक )


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।