घार्मी कृषि वातावरण तथा पर्यटन सहकारी अवलोकन भ्रमण सम्पन्न


     एभरेस्ट आवाज    
     फागुन २१ गते २०८० मा प्रकाशित




पोखरा । पोखरा १९ स्थित घार्मी कृर्षि वातावरण तथा पर्यटन सहकारी लि. ले कृषि तथा पर्यटन क्षेत्रको अध्ययनका लागि तनहूँ र लम्जुङ्गका विभिन्न स्थानको अवलोकन भ्रमण सम्पन्न गरेको छ ।

सहकारीको ३३ सदस्ययीय भ्रमण टोलिले तनहूँको बन्दिपुरको बाख्रा फर्म लम्जुङ्गको पर्यटकीय गाउँ राईनासकोट तथा लम्जुङ्गका विभिन्न पर्यटकीय गन्तव्यहरुको अवलोकन गर्दै पोखरा फर्केको हो ।

२०७९ मा स्थापना भएको घार्मी कृषि वातावरण तथा पर्यटन सहकारी जो स्थापना भएको अति छोटो समयमै सृजनशील कृयाकलाप गर्दै घार्मी तथा सो क्षेत्रका कृषकहरुलाई सहकारीले समय समयमा कृषकहरुलाई मल, बीउ बिजन र कृर्षि सामग्रीहरु उपलब्ध गराउँदै आएको संस्थाका अध्यक्ष पोषराज पौडेलले जानकारी दिए ।

सहकारीले, गाउँवासीको जीवनस्तर उकास्न गाउँमा कृषि तथा पर्यटन क्षेत्रको विकास हुनसके मात्र गाउँ आत्म निर्भर बन्नेमा जोड दिएको छ । सहकारीमा हाल १ सय भन्दा बढी शेयर सदस्य आवद्ध छन ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।