
फाल्गुण २४, बिहिवार
तारापुञ्ज एजुकेशन एकेडेमी, अधिकारी टोल पोखरा-१ को २१औ अभिभावक दिवस, पुरस्कार वितरण तथा बिविध संस्कृतिक कार्यक्रम यहि मिति २०८० फाल्गुण २४ गते बिहिवारका दिन सम्पन्न भएको छ ! कार्यक्रमका प्रमुख अतिथि गण्डकी विश्व बिद्यालयका डिन डा कपिल अधिकीरी, बिशिष्ट अतिथिहरूमा हिसानका केन्दिय उपाध्यक्ष बावुराम पन्त, पो.न.पा वडा नं -१ का अध्यक्ष शाहारा प्रधान, संविधान सभा सदस्य शारदा पौडेल, प्यावसन कास्कीका अध्यक्ष मथुरा प्रसाद पौडेल, अतिथिहरूमा क्रमस पोखरा बहुमुखी क्याम्पस पूर्व क्यम्पस प्रमुख अमृतलाल श्रेष्ठ, बाल प्रभात बोडिड्का प्रार्चाय डिल्लीराम अर्याल, माउण्ट अन्नपूर्ण मा.वि.का प्रार्चाय सईन्द्र श्रेष्ठ, न्यू मोडल वोडिड्का प्रार्चाय लक्ष्मण पोखरेल, अक्सफोर्ड बोडिड्का प्रार्चाय प्रेम अधिकारी र अधिकारी टोल विकास संस्था/सामुदायिक सेवा बगरका अध्यक्ष राम प्रसाद अधिकारी, बिद्यालयका स्थापना कालिन संस्थापकहरू, अभिभावक, पूर्व बिद्यार्थीहरू टोलवासी लगाएतको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा बिद्यालयको स्थापना, शैक्षिक तथा भौतिक उन्नयनमा बिषेश योगदान पुऱ्याउनु हुने संस्थापक श्री देव बहादुर शेरचनलाई सम्मान गरिएको थियो, उहॅाले त्यस बिद्यालयमा अध्ययनरत गरिव, जेहेन्दार बिद्यार्थीहरूकालागि आफु र श्रीमतिका नाममा रू. एक लाख रूपियाको अक्षय कोष खडा गर्नु भयो । त्यसै गरि संस्थापक सदस्य निरन्जन श्रेण्ठले कक्षा ६ मा अध्ययनरत दुबै बावु आमा गुमाएका छात्र ओमकार खनाललाई एक बर्षको छात्रवृत्रि दिने घोषण गर्नु भयो त्यसै गरि ग्लोवल कलिजियटका प्रार्चाय बावुराम पन्तले कक्षा १० मा अध्ययनरत छात्रा सन्धा पोखरेललाई कक्षा ११ र १२ मा छात्तवृत्ति प्रदान गर्ने जानकारी दिनुभयो ।

कार्यक्रममा अभिभावक प्रतिनिधि संगिता भण्डारी, संस्थापक प्रतिनिधि निरन्जन श्रेण्ठ, प्यावसन कास्कीका अध्यक्ष मथुरा प्रसाद पौडेल, हिसान केन्दिय उपाध्यक्ष बावुराम पन्त, प्रमुख अतिथि गण्डकी बिश्व बिद्यालयका डिन डा. कपिल अधिकारी र बिद्यालयको संचालक समितिका अध्यक्ष तथा कार्यक्रमका सभापति राजु अधिकारी लगाएतले आ-आफ्नो मन्तब्य राख्नु भएको थियो भने बिद्यालयका प्रार्चाय पुष्पराज पौडेलले बिद्यालयको बार्षिक प्रगति प्रतिवेदन पेशगर्नु भएको थियो । उक्त कार्यक्रम बिद्यालयका संचालक तथा शैक्षिक प्रशासक पुजन सिंहले संचालन गर्नु भएको थियो !


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।