पोखरा । फ्याफुल्ला विकल्प महिला बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा नेतृत्व विकासका लागि सकरात्मक सोचसम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
११४ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा तामाङ बौद्ध सेवा समितिको व्यवस्थापनमा आयोजित प्रशिक्षण कार्यक्रमको सहकारीका अध्यक्ष विष्णु योञ्जन तामाङले उद्घाटन गरिन् ।
कार्यक्रममा प्रमुख प्रशिक्षक विकास देव योञ्जनले असल नेतृत्व, सकरात्मक सोच तथा प्रभावकारी पब्लिक स्पिकङको बारेमा प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा संस्थाका सल्लाहकार कुम बहादुर योञ्जन तामाङ, राष्ट्रिय आदिवासी जनजाती महिला महासंघ जिल्ला समन्वय परिषद् कास्कीका उपाध्यक्ष मिनमाया डुम्जन तामाङ, तमु प्हे ल्हु संघ केन्द्रिय युवा समितिका पूर्व महासचिव पवित्रा गुरुङ, कोको म्हेन्दो साहित्य समाज पोखराका सदस्य मनसुवा स्याङ्बो तामाङ लगायतले बोलेका थिए ।

प्रशिक्षण कार्यक्रमबाट आफुहरुमा अत्यन्तै सकरात्मक उर्जा थपिएको सहभागिहरुले बताएका छन् ।
कार्यक्रममा उपाध्यक्ष शान्ती तामाङले स्वागत र सचिव पवित्रा थोकर तामाङले कार्यक्रमको सञ्चालन गरेकी थिइन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







