माछापुच्छ्रे बैंक कर्मचारी संघ केन्द्रिय अध्यक्षमा बंशीधर घिमिरे


     एभरेस्ट आवाज    
     फागुन २७ गते २०८० मा प्रकाशित




पोखरा । माछापुच्छ्रे बैंक कर्मचारी संघको तेश्रो केन्द्रिय महाधिवेशनले बंशीधर घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन सर्वसम्मत चयन गरेको छ । शनिबार पोखरामा सम्पन्न संघको केन्द्रिय महाधिवेशनले घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

संघको वरिष्ठ उपाध्यक्षमा गणेशराज जोशी, महिला उपाध्यक्षमा संगिता कुँवर, उपाध्यक्षमा विनोदनिधि तिवारी र दिपक श्रेष्ठ, महासचिवमा तलाश श्रेष्ठ, सचिवमा प्रेमबहादुर भण्डारी र विनय खड्का र कोषाध्यक्षमा हिरा केसी, सह–कोषाध्यक्षमा मञ्जु सापकोटा चयन भएका छन् ।

यस्तै केन्द्रिय सदस्यहरुमा करुण गौतम, धनराज श्रेष्ठ, लोकबहादुर बस्नेत, महेश कार्की, प्रकाश भण्डारी र उपेन्द्र कार्की चयन भएको निर्वाचन समितिका अधिवक्ता कपिलमणि दाहालले जानकारी दिए ।

यस्तै अधिवेशनले संघका सातै प्रदेश संयोजक समेत चयन गरेको छ । जस अन्र्तगत कोशी प्रदेश संयोजकमा रितिका तुलाधर, मधेश प्रदेशमा मणिकलाल महतो, बाग्मती प्रदेशमा रोशन पाठक र गण्डकी प्रदेश संयोजकको जिममेवारी सरिना श्रेष्ठलाई दिइएको छ ।

लुम्बिनी प्रदेश संयोजकमा मानबहादुर गुरुङ, कर्णाली प्रदेश संयोजकमा चन्द्रबहादु सिंह र सुदुर पश्चिम प्रदेश संयोजकमा जय पाठकले जिम्मेवारी प्राप्त गरेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।