नेपाल एडभेञ्चर रनिङ फेड्रेसन गण्डकी गठन, अध्यक्षमा आचार्य


     एभरेस्ट आवाज    
     फागुन २९ गते २०८० मा प्रकाशित




पोखरा, फागुन २९

नेपाल एडभेञ्चर रनिङ फेड्रेसन गण्डकी प्रदेश गठन भएको छ । गण्डकी प्रदेशमा एडभेञ्चर रनिङ खेल विकासका लागि यसमा संलग्नहरुको हालै भएको एक भेलाले कृष्णप्रसाद आचार्यको अध्यक्षतामा नेपाल एडभेञ्चर रनिङ फेड्रेसन गण्डकी प्रदेश तदर्थ समिति गठन भएको हो । अध्यक्ष बनेका आचार्य टान गण्डकीका बरिष्ठ उपाध्यक्ष तथा ईथिकल ट्रेकिङ नेपालका सञ्चालक हुन् ।

समितिको उपाध्यक्षमा उपाध्यक्षमा डा.उमेश पराजुली, समेजराज भण्डारी, सचिवमा रामकृष्ण पहारी, सहसचिवमा ईन्दिरा लामिछाने र कोषाध्यक्षमा डा.गौरव च्वाई सुवेदी चयन भएका छन् ।

समितिको सदस्यहरुमा थानेश्वर बराल, रविन्द्र जिसी, सुदीप थापा, कल्पना बास्तोला तिमिल्सेना र भुपेन्द्रकुमार लामा चयन भएका छन् । थप दुई सदस्य भने पोखरा पर्यटन परिषदले पठाएको प्रतिनिधि सदस्य रहने जनाइएको छ ।

समिति गण्डकी प्रदेश खेलकुद परिषदमा दर्ता भएको नवनिर्वाचित अध्यक्ष आचार्यले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।