लेखनाथ । लायन्स क्लव अफ पोखरा अर्घौ र लायन्स क्लव अफ पोखरा ग्रीन टाउनले संयुक्त रुपमा पोखरा २६ मा रहेको सिर्जना बहिरा मावि विद्यालयमा सहयोग गरेका छन् ।
४४ जिल्लाका दुई सय ४५ जना विद्यार्थीहरु अध्यनरत विद्यालयमा वास्केट वल पोलको असुविधा रहेकाले उत्त समास्यलाई मध्यनजर राख्दै दुई क्लवको संयुत्त लगानीमा विद्यालय हाता भित्र निर्माण गरिएको वास्केटवल ग्राउण्डमा वास्केटवल पोल सहयोग गरिएको हो ।
लायन्स क्लव डिष्ट्रक एमका रिजन चियर प्रर्सन ई.सारदा मोहन काफ्ले र दुवै लायन्स क्लवका पदाधिकारीहरुले विद्यालयका प्रधानाध्यापक सुनिल भण्डारीलाई उत्त सहयोग सामाग्री हस्तान्त्रण गरिएको हो ।
लायन्स क्लव अफ पोखरा ग्रीन टाउनका अध्यक्ष सावित्री भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लव अफ पोखरा अर्घौका अध्यक्ष प्रकाशलाल श्रेष्ठ लगाएतले लायन्स क्लवले जाहाँ जे को आवस्यकता छ सोही अनुसारको सहयोग गर्दै आएको जानकारी गराएका थिए ।
सोही अवसरमा लायन्स क्लव अफ पोखरा ग्रीन टाउनकी पुर्व अध्यक्ष विधाता श्रेष्ठले सासुआमा स्व.वालकुमारी द्धाको स्मृतिमा सन २०१२ मा स्थापना गरेको कोषबाट उक्त विद्यालयमा अध्यानरत जेहेन्दार छात्रा अस्मिता सिञ्जाली,समिक्षा न्यौपाने र खिममाया गुरुङलाई कोषको रकम प्रदान गरेकी थिईन ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







