पोखरा । समय बचत तथा ऋण सहकारी संस्थाले १६ औं वार्षिकोत्सवको अवसरमा पाठेघरको मुखको क्यान्सरसम्बन्धी चेकजाँच कार्यक्रम सम्पन्न गरेको छ ।
पोखरा–९ न्यरोडस्थित सहकारीले आफ्नो वार्षिकोत्सवको अवसरमा नेपाल परिवार नियोजन संघ कास्कीको प्राविधिक सहयोगमा उक्त कार्यक्रम गरेको हो । कार्यक्रमबाट ५२ जना बढी लाभान्वित भएको संस्थाका प्रवन्धक विधाता द्वाले जानकारी दिइन् ।
यसअघि कार्यक्रमको नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नविन सिग्देलले उद्घाटन गरेका थिए ।
कार्यक्रममा नेपाल परिवार नियोजन संघ कास्कीका शाखा प्रमुख नवराज तिवारी, सहकारीका महिला उपसमिति संयोजक कृष्णकुमारी श्रेष्ठ लगायतले सहकारीले वित्तियसँगसंगै स्वास्थ्यका क्षेत्रलाईपनि जोडेर गरेको कार्यक्रमको खुलेर प्रशंसा गरे ।
संस्थाका अध्यक्ष शिवप्रसाद द्वाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कार्यक्रमक संयोजक सुब्रिना गुरुङ र सञ्चालन संस्थाका कोषाध्यक्ष ओमप्रकाश श्रेष्ठले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पृथ्वी राजमार्गको चितवन र धादिङ क्षेत्रमा आज राति सवारी आवागमनमा रोक लगाइएको…






