लेखनाथ । लेखनाथ निर्माण ब्यवसायि समितिले ब्यवसायि मजदुरहरुका लागि भुकम्प प्रतिरोधात्मक भवन निर्माण सम्वन्धि सात दिने तालिम प्रदान गरेको छ ।
भवन निर्माण गर्दा महानगरपालिकाले लागु गरेको आचारसंहिताको पुर्ण रुपले पालना गर्नका लागि सहयोग पु््ग्ने गरि मजदुरहरुलाई गुणस्तरिय निर्माणका वारेमा ब्यवहारिक र प्रयोगात्मक तालिम दिईएको हो ।
गत मंगलवार देखि सुरु भएको तालिममा १६ जना नयाँ र ४० जना पुराना ब्यवसायिका लागि पुनर्ताजकी सम्वन्धि तालिमको समापन समारोहमा बोल्दै पोखरा महानगरपालिकाका वरिष्ठ ईन्जिनियर सुरेन्द्र पौडेलले तालिमबाट सिकेका कुरालाई जिम्मेवारी पुर्वक वास्तविक जिवनमा उतारेर पोखरालाई पर्यटकीय राजधानीको साथमा सुरक्षीत शहरका रुपमा चिनाउनका लागि पनि यो तालिमको मुख्य उदेश्य रहेको बताएका थिए ।
सोही अवसरमा बोल्दै पोखरा महानगरपालिकाका ईन्जिनियर जगननाथ कोईरालाले भुकम्पले मानिसको ज्यान लिने होईन हामीले वनाएका भौतिक संरचनाले मानविय क्षेतीमा कम होस भन्ने भावनाले हामीले बनाउदै गरेका संरचना मापदण्ड विपरित हुन नहुने सुझाव राखेका थिए ।
कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका द्धितिय उपाध्यक्ष उपेन्द्रराज सुवेदी (राजु)ले जुन सुकै निर्माणका लागि विधि र प्रविधिको प्रयोग गरि सरकारले अगाडी सारेको भवन निर्माण आचारसंहितालाई पुर्ण रुपमा पालन गर्नका लागि अनुरोध गरेका थिए ।
समितिका अध्यक्ष प्रेम बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं २९ का वडाअध्यक्ष श्रीप्रसाद गुरुङ, पोखरा ईको व्रिक्सका संचालक भरतराज ओझा लेखनाथ हाडवयर्स एशोसियसनका अध्यक्ष अर्जुन पंगेनी, समितिका सस्थापक अध्यक्ष किसान सिंह गुरुङ लगायतले मजबुत भवन निर्माणका लागि प्रदान गरिएको तालिममा सिकेका कुरालाई जिम्मेवारी सम्झेर पुर्ण रुपमा पालन गर्नका लागि अनुरोध गरेका थिए ।
समितिका बरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक भीम बहादुर नेपाली काईलाले तालिमको उद्वेश्य र उपयोगिताका बारेमा जानकारी गराईएको उक्त कार्यक्रमको संचालन सचिव जिवन कुमार परियारले गरेका थिए । सात दिनसम्म चलेको तालिममा पोखरा महानगरपालिकाका ईन्जिनियर जगननाथ कोईराला, सुरेन्द्र पौडेल, नेत्र तिमिल्सेना र मनोज वाग्लेले सहजिकरण गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







