पोखरा । पृथ्वी होटल व्यवसायी समिति आन्तरिक पर्यटन प्रवद्र्धनका लागि पूर्वी नेपालको भ्रमणमा निस्किएको छ ।
समिति ‘आन्तरिक पर्यटन प्रवद्र्धन, हाम्रो अभियान’ नारासहित आजदेखि पूर्वका विभिन्न जिल्लाका विभिन्न जिल्लाको ४ दिने भ्रमणमा निस्किएको हो । शनिबार पोखराबाट निस्किएको टोलीले आज इलाममा अन्तरक्रिया तथा पोखरा भ्रमणको निम्तो बाडेर, बिर्तामोर्ड आइपुगेको छ ।
भ्रमणका क्रममा समितिको टोलीले होटल व्यवसायी, स्थानिय सरकार, सरोकारवाला निकाय लगायतसँग पोखराको पर्यटन प्रर्वद्धनका विषयमा छलफल तथा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
समितिले पोखरा घुम्न आउने पर्यटकहरुलाईसमिति अन्र्तगतका होटलहरुको विलमा २५ प्रतिशतसम्म छुट दिने योजना समेत सार्वजनिक गरेको छ । भ्रमण टोली चैत २७ गते पोखरा फर्किने समितिले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







