होमस्टे महासंघ गण्डकीको प्रशिक्षक प्रशिक्षण


     एभरेस्ट आवाज    
     वैशाख १७ गते २०८१ मा प्रकाशित




पोखरा । होमस्टे महासंघ गण्डकीको सात दिने प्रशिक्षक प्रशिक्षण आइतबारदेखि पोखरामा शुरु भएको छ। उक्त प्रशिक्षणको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गरेका थिए । पौडेलले होमस्टे संचालकहरूको स्थानिय पर्यटन प्रबर्द्धनमा महत्त्वपूर्ण भुमिका रहेको उल्लेख गर्दै आन्तरिक पर्यटन प्रबर्द्धनका काममा योजनाबद्ध तवरले लाग्न आग्रह गरे ।

पौडेलले स्थानिय उत्पादनको प्रयोगमा जोड दिन आग्रह गर्दै स्थानिय कला संस्कृतिको पहिचान ,संरक्षण र प्रचार प्रसार संगै स्थानिय गन्तव्यहरूको उचित सम्भार र बिकासका कार्यक्रम संचालन आजको टड्कारो आबश्यकता भएको भन्दै स्थानिय तहहरूले सोही अनुसार नीति कार्यक्रम निर्माण गर्न आग्रह गरे ।

उद्घाटन कार्यक्रममा होमस्टे महासंघका केन्द्रिय उपाध्यक्ष थानेश्वर बस्याल ,महासंघकै केन्द्रिय महासचिव कृष्णलाल चौधरी , होमस्टे महासंघ गण्डकीका सचिब कृष्ण तिमिल्सिना ,भुम्दी आमा समुहका अध्यक्ष राधा गुरुङ ,भुम्दी टुनार सामुदायिक होमस्टेका अध्यक्ष राम गुरुङ सहित मन्तव्य व्यक्त गरे ।

होमस्टे महासंघ गण्डकीका अध्यक्ष धनिराम गैर्हेको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा स्वागत उपाध्यक्ष मोहन खनाल र संचालन होमस्टे महासंघ गण्डकीका निबर्तमान अध्यक्ष हरिलाल पौडेलले गरेको भुम्दिका स्थानिय होमस्टे संचालक याम गुरुङले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।