पोखरा । पोखरा १३ आर्वा ढाँडबिसिमा, परिक्षणको रुपमा गरिएको तरबुजा खेती उत्पादन मुलक देखिएको छ।
स्थानीय कृषक श्रीधर बरालले पहिलो पटक ३ रोपनी जग्गामा ४३० बिरुवा लगाएर परिक्षण गरेका हुन् । कृर्षक बरालले यहाँको हावापानी र माटोमा तरबुजाखेति उपयुक्त हुने बताउँदै केही फलहरु २ किलो सम्म पुगेको र जेठको मध्यसम्म पूर्णरुपमा तयार हुने जनाए ।
उनले भने, “तरबुजा खेती यस क्षेत्रमा व्यवसायिक रुपमा प्रथम पटक गरिएको हो, खेति गरिएदेखि आजसम्म राम्रै देखिएको छ तर विभिन्न रोग र बाँदर आदि वन्यजन्तुबाट जोगाउन हम्मे परेको छ, खेतिमै अस्थाई विश्राम स्थल बनाई दिनरात पहरा दिइरहेको छु । खेति शुरु गरेदेखि आजसम्म आफ्नो १ लाख भन्दा बढि लगानी भइसकेको भन्दै कृर्षक बरालले यसको अन्तिम समयसम्म मौसमले कत्तिको साथ दिन्छ, रोग नलागे र असिना नपरे मौसम अनकुल रहे एक बोटबाट १५ किलो सम्म उत्पादन गर्ने आपेक्षा रहेको छ।”
पोखरा महानगर कृर्षि महाशाखाको सहयोगमा ढाडबिसि फाँटमा प्रथम पटक परिक्षणको रुपमा गरिएको तरबुजा खेतिका लागि महाशाखाले बीउ, मल्चिङ प्लास्टिक र सिंचाईको लागि आवश्यक सामग्री उपलब्ध गराएको थियो भने कृर्षक बराललाई तीन दिने तालिम समेत दिएको थियो ।
खेती तयार भएपछि कृर्षि महाशाखाले खेति परिसरमै उत्पादन प्रदर्शनी राख्ने जानकारी आफुले प्राप्त गरेको बताउदै बरालले आफूले पहिलो पल्ट गरेको तरबुजा खेतिले लगानीको दोब्बर मुनाफा लिने अपेक्षा रहेको बताए । वरालले गरेको तरबुजा खेतीबाट मनग्य आम्दानी हुने देखे पछी त्यस क्षेत्रका अन्य कृषक पनि यस खेती तर्फ आकर्षित हुन थालेका छन्।
वडा कार्यालयले समेत कृषि महाशाखा सँग समवन्य गरि युवाहरुलाई उत्पादन मुलक कृषि कार्यमा लगाउने योजनामा रहेको वडाध्यक्ष किरण वरालले बताए ।
स्थानीयले भने बादँरका कारण खेतबारीमा लगाएको अन्नपात भित्र्याउन नपाएकोमा दुखेसो पोख्दै, बाँदर नियन्त्रणका लागी स्थानीय सरकारको ध्यानाकर्षण गराएका छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







