पोखरामा सात सहकारीबाट पीडित बचतकर्ताहरुको प्रदर्शन


     एभरेस्ट आवाज    
     जेठ १३ गते २०८१ मा प्रकाशित




पोखरा । पोखरामा विभिन्न ७ सहकारी संस्थाबाट पिडित बचतकर्ताले प्रदर्शन गरेका छन् ।

उनीहरुले ‘जीवी राई कहाँ छ, रवि दाइलाई थाहा छ’ भन्दै उनीहरूले सहकारी ठगी प्रकरणमा मुछिएकाले राजीनामा दिन माग गर्दै प्रदर्शण गरेका हुन् ।

पोखराका सूर्यदर्शन, प्राइम, मित्रमिलन, शिवशिखर, विन्ध्यवासिनी, इमेज, बलिदानी सहकारीबाट करिब सात आठ अर्व वचतकर्ताको रकम हिनामिना भएको उनीहरुको आरोप रहेको छ । पिडितहरुले आफूहरुको रकम फिर्ता नपाएको भन्दै प्रदर्शन गर्दै आएका छन् ।

सहकारी पीडितहरुले गृहमन्त्रीको राजीनामा माग गर्नुका साथै बचत रकम अपचलनबारे संसदीय छानबिन समिति बनाउन माग गरेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।