पोखरा । कास्कीमा नदि तथा खानीजन्य पदार्थ उत्खनन गर्न रोक लगाईएको छ । ढुङ्गा, गिटि, बालुवा तथा नदि तथा खानिजन्य पदार्थको अनुगमन समिति कास्कीको बुधबार बसेको बैठकले अवको तीन महिना उक्त पदार्थ उत्खनन गर्न रोक लगाएउने निर्णय गरेको हो ।
ढुङ्गा, गिटि, बालुवा तथा नदि तथा खानिजन्य पदार्थको संचालन मापदण्ड २०७७ ले ब्यबस्था गरे अनुसार सो निर्णय गरिएको हो ।
सो संचालन मापदण्ड अनुसार असार ,साउन र भदौ महिनामा नदि तथा खानी जन्य पदार्थको उत्खनन गर्न नपाइने ब्यबस्था अनुसार उक्त निर्णय गरीएको अनुगमन समितिका संयोजक समेत रहेका जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले बताए ।
पौडेलले बिकास निर्माणका काममा बाधा नपुग्ने गरि बिद्यमान कानुन र मापदण्डको पालना गर्नुको बिकल्प नरहेको भन्दै कडाइका साथ निर्णय कार्यान्वयन गर्न सरोकारवाला सरकारी निकायहरू र स्थानिय तहहरूलाइ आग्रह गरे । दर्ता नगरी अबैधरूपले मापदण्ड बिपरित संचालित क्रशर उद्योगहरूका कारण बाताबरणिय र पर्याबरणिय संरचनामा प्रतिकुल असर पारेको गुनासो अत्याधिक बढेको कारण त्यस्ता उद्योगलाई समेत तत्काल बन्द गर्न पौडेलले आग्रह गरे ।
उनले सबै पालिकाहरू मार्फत उद्योगहरूले जेठ मसान्तभित्र स्रोत खुलाएर स्टक प्रमाणिकरण गरेका सामाग्री यो अबधिमा बिक्रीवितरण र उपभोगमा कुनै बाधा नपर्ने बताए । नियमको पालना गर्ने सबालमा कोहि पनि कुनै प्रकारको प्रभाब र दबाबमा नपर्न आग्रह गर्दै अबैध उत्खनन कार्य भएको पाइएमा तत्काल जिल्ला समन्वय ,प्रशासन र प्रहरीलाई सूचना दिन पौडेलले कास्कीबासी जनताहरूलाइ आग्रह समेत गरे ।
कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य , जिल्ला समन्वय समिति कास्कीका उप-प्रमुख सरिता माल,माछापुच्छ्रे गाउँपालिकाका प्रमुख मीन बहादुर गुरुङ , मादी गाउँपालिकाका अध्यक्ष देबिजङ्ग गुरुङ, रूपा गाउँपालिकाका प्रमुख नवराज ओझा , कास्कीका प्रमुख जिल्ला अधिकारी तथा अनुगमन समितिका सह-संयोजक भरतमणी पाण्डे ,कास्कीका प्रहरी प्रमुख मोहन कुमार थापा,ससस्त्र प्रहरी बल कालिका गण मालेपाटनका प्रमुख अरूण शर्मा , क्रशर ब्यबसायी महासंघका केन्द्रिय उपाध्यक्ष लिलाधर बराल ,कास्कीस्थित पालिकाका प्रमुख कार्यकारी अधिकृतहरू , अनुगमन समितिका सदस्यहरू सहित विभिन्न सरोकारवाला ब्यक्तिहरूले ढुङ्गा ,गिटि ,बालुवा ,नदि तथा खानीजन्य पदार्थको उत्खनन ,ओसार पसार र बिक्रीवितरण र उपभोगमा देखिएका समस्या ,चुनौती र निराकरणका सम्बन्धमा आ (आफ्नो धारणा ब्यक्त गरेका थिए ।
अनुगमन समितिका संयोजक एबम जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गरेका थिए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







