सिद्धार्थ आधारभुत विद्यालयमा स्टेशनरी समाग्री वितरण


     एभरेस्ट आवाज    
     जेठ ३० गते २०८१ मा प्रकाशित




जेठ ३० पोखरा । पोखरा– १३ आर्वा स्थित सिद्धार्थ आधारभूत विद्यालयका विद्यार्थीलाई झोला, स्टेशनरी वितरण तथा आयोडिनबारे सचेतना कार्यक्रम गरिएको छ ।

रोटरी क्लब अफ पोखरा लेकसाइड, साल्ट टे«डिङ कर्पोरेसन लिमिटेड प्रदेश कार्यालय पोखरा र राष्ट्रिय उपभोक्ता मञ्च कास्कीको संयुक्त आयोजनामा सो कार्यक्रम गरिएको हो ।

सो अवसरमा कक्षा १ देखि ४ सम्मका ४४ जना बालबालिकालाई झोला, स्टेशनरी तथा आयोडिन वारे सचेतना गरिएको थियो । सचेतना कार्यक्रममा अभिभावकहरुको पनि बाक्लो उपस्थित रहेको थियो ।

साल्ट टे«डिङ कर्पोरेसन लिमिटेड प्रदेश कार्यालय पोखराका प्रमुख सागर शेरचनले आयोडिन मानव स्वास्थ्यका लागि अत्यावश्यक तत्व भएको बताए । उत्पादन स्थलमा नुनमा आयोडिनको मात्रा ५० पीपीएम भन्दा बढी राख्नुपर्ने प्रावधान रहेको शेरचनले भने ।

आयोडिन थाइराइड ग्रन्थिबाट थाइराइड हर्मोन निकाल्न मदत पुग्ने प्रमुख शेरचनले जानकारी दिए । दुई बालबालिकाको चिन्हअंकित आयोडिनयुक्त नून नै खानुपर्नेमा सुझाव प्रमुख शेरचनको जोड थियो । गर्भवती महिलामा आयोडिनको कमीले सुस्त मनस्थिति, लाटो बच्चा जन्मिन सक्ने भएकोले सचेत रहनुपर्ने शेरचनले बताए ।

रोटरी क्लब अफ पोखरा लेकसाइडका अध्यक्ष शोभाकान्त सिग्देलले व्यानरमा हस्ताक्षर गरि कार्यक्रम शुरु गरेका थिए । रोटरी लेकसाइडले सामाजिक उत्तरदायित्व अन्तर्गत गत महिनामा सिद्धार्थ आधारभूत विद्यालयमा जस्ता पाता वितरण गरिएको जानकारी दर््ि आगामी दिनमा पनि यसरी नै मिलेर काम गर्ने अध्यक्ष सिग्देलले बताए ।

राष्ट्रिय उपभोक्ता मञ्च कास्की अध्यक्ष राजेन्द्र लिगलले उपभोक्ता हकहितका पक्षमा मञ्च सदैव बोल्ने बताए ।मानव स्वास्थ्यका लागि आयोडिनयुक्त नून सवै भन्दा राम्रो हुने अध्यक्ष लिगलले जोड दिए ।

सिद्धार्थ आधारभूत विद्यालयका प्रधानाध्यपाक अम्बिका बराल क्षेत्रीले सहयोगप्रति आभार व्यक्त गरे

विस २०४७ फागुन सात गते स्थापना भएको विद्यालयमा तीन जना स्थायी, एक जना राहत कोटा, एक जना बाल विकास सहयोगी कार्यकर्ता र एक जना कार्यालय सहयोगी गरी ६ जना कर्मचारी रहेको बरालले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।