घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य


     एभरेस्ट आवाज    
     असार १ गते २०८१ मा प्रकाशित




पोखरा । नेपाल आयाल निगमले इन्धनको मूल्य घटाएको छ । शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो ।

इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट मूल्य घटेर आएपछि निगमले सोही अनुसार समायोजन गरेको निगमले जनाएको छ ।

घटेको मूल्य शनिबार राति १२ बजेदेखि लागू हुनेछ । मूल्य घटेपछि पेट्रोलको मूल्य प्रतिलिटर रु. १६५ कायम भएको छ ।

यस्तै डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर १५२ रुपैयाँ पर्ने भएको छ । निगमले अन्य पेट्रोलियम पदार्थको मूल्य भने यथावत रहेको जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।