फाइल तस्विर
पोखरा । पोखरा महानगरपालिकाले रत्नमन्दिर र सो परिसरलाई प्यालेस म्युजियमको रूपमा विकास गर्ने भएको छ ।
पोखरा महानगरपालिकाको १५ औं नगरसभामा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् । उनले रत्नमन्दिर र सो परिसरलाई प्यालेस म्युजियमको रूपमा विकास गर्ने नीति सार्वजनिक गरे ।
पर्यटन राजधानीको समग्र विकासको लागि पूर्वाधार सुशासन कायम गर्दै पर्यटन पूर्वाधार विकासमा जोड दिइनेपनि महानगर प्रमुख धनराज आचार्यले बताए ।
उनले पृथ्वी राजमार्गको पोखरा प्रवेश विन्दु वडा नं ३२ कोत्रे मजुवामा वहुसुविधायुक्त इन्ट्रान्स पार्क निर्माण गरिने उनले उल्लेख गरे । सो पार्क सार्वजनिक निजी साझेदारी अवधारणा अनुसार बनाइने उनको भनाई छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







