
पोखरा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आइतबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो ।
निगमले आइतबार मध्यरातदेखि लागु हुनेगरि पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाएको छ ।
मूल्य बढेसँगै पेट्रोलको मूल्य प्रतिलिटर १६७ र डिजेलको मूल्य १५७ रुपैयाँ कायम भएको छ ।
यस्तै हवाई इन्धन र खाना पकाउन प्रयोग हुने एलपी ग्यासको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ ।
निगमले इन्डियन आयल कर्पोरेसनबाट आइतबार प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल र डिजेलमा मूल्य बढेर आएको भन्दै निगमले मूल्य समायोजन गरेको हो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।