
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १४ दशमलव ५३ अङ्कले घटेर दुई हजार ६४७ दशमलव ७ विन्दुमा कायम भएको हो ।
आज ३२७ कम्पनीको दुई करोड ३६ लाख ८९ हजार ७१ कित्ता शेयर ७६ हजार ९९८ पटक खरिदबिक्री हुँदा रु आठ अर्ब ९१ करोड २८ लाख ४३ हजार बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा वित्त समूह एक दशमलव ४० र व्यापार समूह शून्य दशमलव ४२ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै लगानी समूहको उपसूचक दुई दशमलव १४ प्रतिशतले घटेको हो । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।