
पोखरा । पोखरा १९ घार्मीमा रहेको महेन्द्र माध्यमिक विद्यालयको ३५ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको उद्घाटन गर्दै वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले विद्यालय शिक्षाको मेरूदण्ड नै गुणस्तरीय शिक्षा भएको बताउँदै, शैक्षिक विकासमा सबै पक्षको सहभागिता आवश्यक रहेको बताए। उनले गुणस्तरीय शिक्षाका लागि तीनै तहका सरकारले ध्यान दिनुपर्नेमा जोड दिए। कार्यक्रममा वडा सदस्य दुर्गादेवी बस्नेत, विकास कुमार आचार्य, कल्पना सुनार, रोटरी क्लब अफ पोखरा न्युरोडका अध्यक्ष दिपेन्द्र शर्मा, विद्यालय व्यवस्थापन समितिका पुर्व सदस्य डिल्लीराम पौडेल, चन्दादाता सन्तोष भण्डारी, भारती भवन माविका प्रधानाध्यापक नेत्र बहादुर आले, एमालेका वडा कमिटीका अध्यक्ष कमल प्रसाद बास्तोला, रेडक्रस सोसाइटी उपशाखा १९ का अध्यक्ष रमेश विश्वकर्मा लगायतले न्युन विद्यार्थी भएका विद्यालयलाई मर्ज गरेर भए पनि शैक्षिक गुणस्तर सुधारका लागी प्रयास गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा दीर्घ सेवा सम्मानबाट विद्यालयका प्रअ बासुदेव पौडेल, सहायक प्रअ नन्दराज दाहाल, शिक्षक शर्मिला उचै र कर्मचारी राजेन्द्र पौडेल सम्मानित भए। त्यस्तै वर्ष उत्कृष्ट शिक्षकबाट सुरज अधिकार र एस इ इमा उत्कृष्ट जिपिए ल्याउने असिम सुनारलाई सम्मान गरिएको छ। उनीहरूलाई वडाध्यक्ष पुष्पेन्द्र पाण्डे, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बैकुण्ठ पौडेलले सम्मान पत्र र दोशल्ला प्रदान गरे । कार्यक्रममा विद्यालयका प्रअ बासुदेव पौडेलले वार्षिक प्रतिवेदन पेश गरे ।
सोही अवसरमा शिक्षासेवी डिल्लीराम पौडेलले आफ्ना मातापिताको स्मृतिमा अक्षयकोष स्थापना गरे भने अर्जुन अधिकारी र पंडित ऋषिराम पौडेलले अक्षयकोषमा रकम थप गरे । सोही अवसरमा रेडक्रस सोसाइटी उपशाखा पोखरा १९ ले विद्यालयलाई सरसफाई सामाग्री हस्तान्तरण गर्यो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बैकुण्ठ पौडेलको अध्यक्षता भएको कार्यक्रममा स्वागत शिक्षक शरदराज सापकोटा, विद्यार्थी कृपा पौडेल र संचालन सहायक प्रअ नन्दराज दाहालले गरेका थिए।
कार्यक्रममा विद्यार्थीले विभिन्न मौलिक नृत्य तथा गीत प्रस्तुत गरेका थिए। विसं २०४७ सालमा एमाजी कल्चरल फाउण्डेशन जापानको सहयोगमा विद्यालय स्थापना भएको हो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।