पोखरामा लागूऔषध सहित ३ जना पक्राउ


     एभरेस्ट आवाज    
     श्रावण १२ गते २०८२ मा प्रकाशित




पोखरा, साउन १२

पोखरामा लागूऔषध सहित ३ जना पक्राउ परेका छन् । पोखरा–२७ तालचोकस्थित पृथ्वी राजमार्गमा सवारी साधन चेकजाँच गर्दा लुकाईछिपाई ब्राउनसुगर जस्तो देखिने ४ ग्राम ३ सय मिलिग्राम पदार्थ पोखरा ल्याउँदै गरेको अवस्थामा उनीहरुलाई कास्की प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट ३ थान मोवाइलसमेत बरामद गरिएको प्रहरीको भनाई छ ।

पक्राउ पर्नेहरुमा तनहुँ म्याग्दे गाउँपालिका वडा नं. १ गुणादीका ३८ वर्षिय कमल थापा, धादिङ स्थायी घर भई पोखरा–१४ चाउथे बस्ने वर्ष ३१ को राजन क्षेत्री र मोरङ सुन्दरहरैचा न.पा. ६ बस्ने वर्ष ४२ का सत्यनारायण चौधरी रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी कसूरमा १० दिन म्याद थप गरी थप अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।